कीर्तिपुरमा साकोसहरुका लागि ऋण  परामर्श तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कीर्तिपुरमा साकोसहरुका लागि ऋण  परामर्श तालिम सञ्चालन

कीर्तिपुर । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजना र नेफ्स्कूनको साझेदारीमा एक दिवसीय ऋण परामर्श तालिम आइतबार सम्पन्न भएको छ । कीर्तिपुरमा सञ्चालित उक्त तालिममा १७ वटा संस्थाहरुबाट २३ जनाको सहभागिता रहेको थियो ।

कास्कूनका सञ्चालक एवं कीर्तिपुर सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक लेमन श्रेष्ठको अध्यक्षतामा तालिमको समापन भएको थियो । 

तालिमबाट सिकेका विषयहरु साकोस सञ्चालनका क्रममा व्यवहारमा उतार्न र सहकर्मी साथीहरुलाई पनि सिकाउन सभाध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको थियो । ऋण माग गर्ने सदस्यलाई ऋणको सहि सदुपयोग गर्न उत्प्रेरित गर्ने र भुक्तानी सम्बन्धि आवश्यक र वैकल्पिक उपाय, तरिका, जानकारी दिने कार्य गर्न, ऋण मागमा पुर्नविचार गर्नु समेत उहाँले सहभागीहरुलाई सुझाउनुभएको थियो ।

संस्थाबाट ऋण लगानी गर्दा २ प्रकारका मोडलहरु प्रयोगमा रहेको र जसमध्ये 5C Model साकोसको सन्दर्भमा सवै वित्तिय संस्थाले अवलम्वन गर्ने गरेको उहाँले बताउनुभयो । बचत ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण लगानी पूर्वको ऋण परामर्श गरी पर्याप्त कागजातहरु र साक्षि जमानी सहित लगानी गर्न सचेत हुनु पर्ने धारणा राख्नु भएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीप राज ढकालले गर्नुभएको थियो भने समापन समारोह संघका तालिम अधिकृत लव सिंखडाले सञ्चालन गर्नु भएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप