चाहना साकोस तरहराको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चाहना साकोस तरहराको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला

काठमाडौं । चाहना साकोस तरहराको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा कर्ब्स सुनसरी पहिलो क्लष्टरको आठौं कार्यकुशलता तथा सिकाइ कार्यशाला सुनसरी जिल्ला बचत संघको सभाहलमा आज सम्पन्न भएको छ । नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यशालामा जिल्ला बचत संघ सुनसरीकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

चाहना साकोसका अध्यक्ष बासुदेव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले कर्ब्स कार्यक्रममा आबद्ध भएपछि संस्थामा निरन्तर सिकाइ हुने भन्दै यस्ता सिकाइले संस्थागत विकासमा प्रत्यक्ष महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सबै साकोसहरुले सञ्जाल सम्बन्धलाई महत्व दिदैं संघबाट कारोबार गर्नुपर्ने विषयलाई ध्यान दिन आग्रह गर्नुभयो । नेफ्स्कून सञ्चालक नेपालले नेफ्स्कूनले सदस्य संघ संस्थाका व्यवस्थापन समूहलाई आवश्यक पर्ने कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने विश्वास दिलाउनुभयो । उहाँले सदस्यहरुको इच्छालाई प्राथमिकताको शिरमा राखेर काम गर्दै आएको नेफ्स्कूनले सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्न शीघ्र इआरपी सञ्चालनमा ल्याउन जोडतोडका साथ काम अघि बढाइरहेको सहभागीहरुलाई अवगत गराउनुभयो । 

नेफ्स्कूनका व्यवसाय अधिकृत मुकेश दाहाल र जिल्ला बचत संघ सुनसरीका कार्यक्रम अधिकृत सुमन सुवेदीले संयुक्त रुपमा सहजीकरण गर्नुभएको कार्यशालामा शुभकामना मन्तव्य राख्दै जिल्ला बचत संघ सुनसरीकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले साकोसहरुलाई सुशासनमा राख्न कर्ब्स कार्यक्रमले सिकाउने भन्दै यसको प्रभावकारिताको बारे प्रष्ट पार्नुभयो । यसैगरी उहाँले साकोसहरुलाई दिगो, विश्वासिलो र सदस्यहरुका सबै खाले आवश्यकताहरुको सम्बोधन गर्ने बनाउन एकीकरणमा जोड दिनुभयो । चाहना साकोसका शिक्षा उपसमिति सदस्य बिशाल खुलालले स्वागत मन्तव्य राख्नुभएको कार्यशालाको सञ्चालन साकोसका सल्लाहकार होमनाथ खड्काले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप