काठमाडौं । गैंडाकोट नगरपालिका–२, नवलपुरमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्री सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC Training) तनहुँको बन्दिपुरमा शुरु भएको छ ।
चैत्र २ देखि ५ गतेसम्म सञ्चालन हुने तालिम साकोसका अध्यक्ष पोषणराज सुवेदीको अध्यक्षतामा शुरु भएको थियो । कार्यक्रम साकोसका सचिव कुल प्रसाद पाण्डेले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा साकोसका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । अध्यक्ष सुबेदीले तालिमको आवश्यकता र महत्वबारे प्रष्ट पार्दै तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनमा उपयोगीमूलक बन्न सकोस भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्राविधिक सहयोगमा नेफ्स्कूनबाट बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र तालिम अधिकृत सुमन राज घिमिरे प्रशिक्षकको रुपमा रहनुभएको छ । ४ दिन सम्म सञ्चालनहुने तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उप समिति र कर्मचारी गरी २६ जनाको उपस्थिति रहेको छ । तालिम चैत्र ५ गते समापन हुनेछ ।
१६ हजार २ सय ४ सेयर सदस्य रहेको उक्त साकोसको १ अर्ब ८० करोड कुल कारोबार रहेको छ ।
२३ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि