जिल्ला स्तरिय साकोस कन्क्लेभ (Saccos Conclave) सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला स्तरिय साकोस कन्क्लेभ (Saccos Conclave) सम्पन्न

धादिङ । धादिङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरु (साकोस) को एक दिवसिय साकोस कन्क्लेभ कार्यक्रम चैत्र ६ गते आइतबार सम्पन्न भएको छ । धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सहकारी बिभागका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । धादिङ बचत संघका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रजिष्ट्रार नारायण ज्ञवालीले सहकारी संस्था सञ्चालनका व्यवस्थापकीय पक्षहरु र नीतिगत व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी रजिष्ट्रार ज्ञवालीसँग सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापकहरुले प्रत्यक्ष अन्तक्र्रिया समेत गरिएको थियो । 

कार्यक्रमका अवसरमा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत कृष्णकान्त मिश्रले सहकारी संस्थामा मानव संसाधनको असल अभ्यासहरुको बारेमा र श्रोत परिचालन साकोसका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले सकारात्मक दृष्टिकोण सहितको व्यवस्थापकीय भूमिकाको विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

त्यसैगरी धादिङ बचत तथा ऋण सहकारी संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडीले जिल्लामा साकोस म्यानेजर्स क्लवको आवश्यकता, औचित्य र क्लव सञ्चालन निर्देशिकाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । सो प्रस्तुती सँगै जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त मिश्रको संयोजकत्वमा ९ सदस्यीय साकोस म्यानेजर्स क्लब धादिङ गठन गरिएको छ । जसको सदस्यहरुमा श्रोत परिचालन साकोसका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपाल, हाइवे साकोसका व्यवस्थापक ऋषिराम नेपाल, मिलिजुली महिला साकोसका व्यवस्थापक शान्ती आचार्य, जनआकांक्षा महिला साकोसका व्यवस्थापक हरिराम खतिवडा, सहारा महिला साकोसका व्यवस्थापक सन्तोष थापामगर, नीलकण्ठ महिला साकोसका व्यवस्थापक सोना श्रेष्ठ, हिमाल साकोसका व्यवस्थापक नीशा प्रजापती र धादिङ बचत तथा ऋण सहकारी संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडी रहनु भएको छ । क्लवले जिल्लाका साकोसहरुको बिचमा सिकाई आदान प्रदान, क्षमता विकास लगायतका विषयमा काम गर्ने बताइएको छ । साकोस कन्क्लेभ कार्यक्रममा जिल्लाका सहकारी संस्थाहरुका ६० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप