भारतीय सहकारीकर्मीहरुको टोलीलाई नेफ्स्कूनमा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतीय सहकारीकर्मीहरुको टोलीलाई नेफ्स्कूनमा स्वागत

काठमाडौं । भारतीय सहकारीकर्मीहरुको एक टोलीले आज नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वर भ्रमण गरी संघका अध्यक्ष तथा व्यवस्थापन समूहसँग शिष्टाचार भेट गरेको छ । भारतको तेलंगाना राज्यको हैदरावादस्थित कृष्णभेनी म्युचुअल्ली एडेड कोअपरेटिभ एन्ड क्रेडिट सोसाइटीका अध्यक्ष, संस्थापक अध्यक्ष, निर्देशक लगायत भ्रमणदलका ९ सदस्यले नेपालका बचत तथा ऋण सहकारीहरुको शीर्षस्थ निकायसँग आज भेट गरेको हो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायतले प्राध्यापक R N Reddy नेतृत्वको टोलीलाई संघको कार्यालयमा अपरान्ह स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेपाल र भारतबीच चिरकालदेखिको सुमधुर बहुआयामिक सम्बन्धको चर्चा गर्दै भारतीय सहकारीकर्मीहरुको भ्रमणले यसलाई थप प्रगाढ बनाएको बताउनुभयो । नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्धको आयाम बारे प्रकाश पार्दै उहाँले वैदेशिक सम्बन्धलाई संघले निक्कै महत्व दिएको उल्लेख गर्नुभयो । नेपालको सहकारी अभियानले तीन खम्बे अर्थनीति भित्र समाहित हुने संवैधानिक मान्यता पाएको उल्लेख गर्दै उहाँले मध्यपूर्वी मुलुक इजरायलले पनि नेपालबाटै सिकेर सहकारीलाई संवैधानिक मान्यता दिलाएको जानकारी गराउनुभयो । अध्यक्ष पौड्यालले सहकारी अर्थ व्यवस्थाका बिशेषतासँगै ३ खम्बे अर्थनीतिको माध्यमबाट समाजवादको यात्रा तय गर्ने नेपालको अठोट अरुका लागि प्रेरणा बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजवादको यात्राको सेतु सहकारी बन्नेमा हामी विश्वस्त छौं ।’ भारतीय सहकारी अभियानबाट पनि नेपाल प्रभावित भएको उहाँले बताउनुभयो ।

आजको भेटमा कृष्णभेनी म्युचुअल्ली एडेड कोअपरेटिभ क्रेडिट सोसाइटीका सम्बन्धमा प्रस्तुत गरिएको जानकारीबाट आफुले पनि धेरै सिक्ने अवसर प्राप्त गरेको बताउँदै अध्यक्ष पौड्यालले अन्तरदेशीय पारस्परिक भ्रमणका माध्यमहरुबाट सिकाइहरु सबलीकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कृष्णभेनी क्रेडिट सोसाइटीबारे संस्थाका अध्यक्ष, संस्थापक उपाध्यक्ष, निर्देशक सँगै अन्य सहभागीहरुबाट जानकारी गराइएको थियो । भारतको कान्छो राज्य तेलंगानाको ठूलो सहर हैदरावादमा अवस्थित कृण्णभेनी सोसाइटी आन्ध्र बैंकका पूर्व कर्मचारीहरुद्वारा १९ वर्षअघि सन् २००२ को जुलाईमा स्थापित सहकारी हो । हाल यसका ९ सय बढी सदस्य भएपनि कारोबारको आयातन फराकिलो र वित्तीय स्थिति निक्कै मजबूत रहेको जानकारी गराइएको थियो । भारतमा कृषि सहकारीहरुमार्फत अन्य विषयगत सहकारीहरुको विकास हुँदै गएको प्राचीन इतिहास बारे भ्रमण टोलीले जानकारी गराएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघको वस्तुस्थिति, वित्तीय कारोबार, पहुँच विस्तार, सदस्य सम्बन्ध, गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु, स्थिरीकरण कोष, अन्तर्राष्ट्रिय सम्बन्ध आदि बारे प्रस्तुतीकरण गर्नुभएको थियो । संघका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सना, वित्त तथा सामान्य सञ्चालन विभाग प्रमुख राधेश्याम श्रेष्ठ लगायतको पनि उक्त अवसरमा उपस्थिति थियो ।

 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप