भक्तपुरमा नगद परिचालक क्षमता अभिबृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा नगद परिचालक क्षमता अभिबृद्धि तालिम सञ्चालन

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरमा एक दिवसीय नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बचत तथा ऋण सहकारीमा सदस्यसँग हुने पहिलो भेट काउन्टरमा बस्ने कर्मचारीसँग हुने भएकोले उहाँहरुको व्यवहार, ज्ञान सिप र क्षमतामा संस्थाको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कर्मचारीको कार्यक्षमता अभिबृद्धिले संस्थाको लक्ष्य हासिलमा सहयोग पुग्ने विचार राख्दै सिकेको कुरा व्यवहारमा उतार्नुको साथै मातहतका कर्मचारीलाई पनि सिकाउनुपर्ने बताउनुभयो ।

संघका सञ्चालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका काउण्टरमा बस्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो । संस्थामा कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै संस्थाको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुभयो । उपसमितिका सदस्य सत्यनारायण पक्काले स्वागत मन्तव्य राख्दै संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धिले सदस्य सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत उमेश कोइरालाको सहजिकरणमा तालिम सम्पन्न भएको थियो । तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सिकाई कहिले अन्य नहुने भएकोले निरन्तर सिकाईलाई जोड दिई कार्य क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनुभयो । तालिममा सहभागीहरुले तालिमले आफूले गर्दै आएको कार्यको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएकोमा खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका मूल्य सिद्धान्त, टेलरको काम कर्तव्य र भुमिका,  टेलरमा हुनुपर्ने गुणहरु, भल्ट व्यवस्थापन, खुद्रा नगदको व्यवस्थापन, नगद डिनोमिनेसन कागजात प्रमाणिकरण जालीनोट पहिचान लगायतका विषयहरु सिकेको बताउनुभयो । तालिममा संस्थामा कार्यरत ५२ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप