बचत संघको रजतमहोत्सव कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत संघको रजतमहोत्सव कार्यक्रम सम्पन्न 

चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले विविध कार्यक्रम सहित मनाएको रजत बर्ष समारोह चैत्र ५ गते समापन गरेको छ । संघले स्थापनाको २४ बर्ष पुरा गरी २५ बर्ष प्रवेश गरेको अवसरमा गत बर्षदेखि घोषणा गरेका तालिकाबद्ध कार्यक्रम महिनाभर सञ्चालन गर्दै रजतमहोत्सव बर्ष समापन गरेको हो । 

बचत संघका अध्यक्ष हरिश्चन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी हुनुहुन्थ्यो ।

कार्यक्रमका विशिष्ट अतिथि र अन्य अतिथिहरुमा क्रमशः नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढ़काल, उपाध्यक्ष शान्ति अधिकारी, लेखा सुपरीवेक्षण समिति संयोजक नबराज सापकोटा, प्रदेश सहकारी संघका कोषाध्यक्ष टिकाराम भट्टराइ, प्रोस्कुन कोषाध्यक्ष टाप बहादुर श्रेष्ठ, सञ्चालक तेजेंद्रबहादुर खड़का, जिल्ला सहकारी संघका अध्यक्ष हरी प्रसाद पौडेल लगायत बिभिन्न बिषयगत सहकारी संघका अध्यक्षहरु, भरतपुर महानगर सहकारी तथा रोजÞगÞर प्रवर्दन शाखाका शाखा अधिकृत रामबाबु पौडेल लगायत चिस्कुनका पूर्व अध्यक्षहरु, सञ्चालकहरु, सल्लाहकारहरु रहनुभएको थियो ।

संघले रजत महोत्सव समापन समारोहका अवसरमा विहान भरतपुरको चौबीसकोठी देखी कार्यक्रम स्थलसम्म र्याली तथा संस्थाका आ-आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गरेको थियो । समापनका क्रममा संघले जिल्लाको उत्कृष्ट सहकारीकर्मी, बचत संघका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार तेजेद्रबहादुर खडकालाई सम्मान गरेको थियो ।

रजतबर्ष समारोहको अवसर पारेर बचत संघको संयोजन र नेफ्स्कूनको आयोजनामा फागुन २८ गते चितवनमा साकोस व्यवस्थापकहरुको सम्मेलन २०७८ को समेत आयोजना गरिएको थियो । 
त्यसैगरी संघले गत बर्ष २४औं स्थापना दिवसका अवसरमा घोषणा गरेका कार्यक्रमहरु जस्तैः महिला स्वास्थ्य परीक्षण, रक्तदान, वतृत्वकला तथा  हाजिरीजवाफ प्रतियोगिता, भलिवल प्रतियोगिता लगायत विविध क्रियाकलाप सम्पन्न गरेको थिया भने बखान सहकारीका संस्थापक इन्द्र बहादुर गुरुङलाई अभिनन्दन समेत गरेको थियो । 

रजत वर्ष कार्यक्रममा सञ्चालन गरिएका बिभिन्न प्रतियोगिताहरुमा बिजयी हुनेहरुलाई महोत्सव समापनका अवसरमा पुरस्कार बितरण गरेको थियो भने चितवन जिल्ला बचत संघका पूर्व अध्यक्ष, सञ्चालक र कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो । बचत संघको स्थापना २०५३ चैत्र २९ गते भएको थियो । 

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप