बचत संघको रजतमहोत्सव कार्यक्रम सम्पन्न 
रञ्जनमणि पौड्याल
- रञ्जनमणि पौड्याल
बचत संघको रजतमहोत्सव कार्यक्रम सम्पन्न 

चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले विविध कार्यक्रम सहित मनाएको रजत बर्ष समारोह चैत्र ५ गते समापन गरेको छ । संघले स्थापनाको २४ बर्ष पुरा गरी २५ बर्ष प्रवेश गरेको अवसरमा गत बर्षदेखि घोषणा गरेका तालिकाबद्ध कार्यक्रम महिनाभर सञ्चालन गर्दै रजतमहोत्सव बर्ष समापन गरेको हो । 

बचत संघका अध्यक्ष हरिश्चन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी हुनुहुन्थ्यो ।

कार्यक्रमका विशिष्ट अतिथि र अन्य अतिथिहरुमा क्रमशः नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढ़काल, उपाध्यक्ष शान्ति अधिकारी, लेखा सुपरीवेक्षण समिति संयोजक नबराज सापकोटा, प्रदेश सहकारी संघका कोषाध्यक्ष टिकाराम भट्टराइ, प्रोस्कुन कोषाध्यक्ष टाप बहादुर श्रेष्ठ, सञ्चालक तेजेंद्रबहादुर खड़का, जिल्ला सहकारी संघका अध्यक्ष हरी प्रसाद पौडेल लगायत बिभिन्न बिषयगत सहकारी संघका अध्यक्षहरु, भरतपुर महानगर सहकारी तथा रोजÞगÞर प्रवर्दन शाखाका शाखा अधिकृत रामबाबु पौडेल लगायत चिस्कुनका पूर्व अध्यक्षहरु, सञ्चालकहरु, सल्लाहकारहरु रहनुभएको थियो ।

संघले रजत महोत्सव समापन समारोहका अवसरमा विहान भरतपुरको चौबीसकोठी देखी कार्यक्रम स्थलसम्म र्याली तथा संस्थाका आ-आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गरेको थियो । समापनका क्रममा संघले जिल्लाको उत्कृष्ट सहकारीकर्मी, बचत संघका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार तेजेद्रबहादुर खडकालाई सम्मान गरेको थियो ।

रजतबर्ष समारोहको अवसर पारेर बचत संघको संयोजन र नेफ्स्कूनको आयोजनामा फागुन २८ गते चितवनमा साकोस व्यवस्थापकहरुको सम्मेलन २०७८ को समेत आयोजना गरिएको थियो । 
त्यसैगरी संघले गत बर्ष २४औं स्थापना दिवसका अवसरमा घोषणा गरेका कार्यक्रमहरु जस्तैः महिला स्वास्थ्य परीक्षण, रक्तदान, वतृत्वकला तथा  हाजिरीजवाफ प्रतियोगिता, भलिवल प्रतियोगिता लगायत विविध क्रियाकलाप सम्पन्न गरेको थिया भने बखान सहकारीका संस्थापक इन्द्र बहादुर गुरुङलाई अभिनन्दन समेत गरेको थियो । 

रजत वर्ष कार्यक्रममा सञ्चालन गरिएका बिभिन्न प्रतियोगिताहरुमा बिजयी हुनेहरुलाई महोत्सव समापनका अवसरमा पुरस्कार बितरण गरेको थियो भने चितवन जिल्ला बचत संघका पूर्व अध्यक्ष, सञ्चालक र कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो । बचत संघको स्थापना २०५३ चैत्र २९ गते भएको थियो । 


 

भर्खरै
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी

१५ घण्टा अगाडि

बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न
बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न

१७ घण्टा अगाडि

दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव
दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव

२१ घण्टा अगाडि

ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम
ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम

२ दिन अगाडि

रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना 
रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना 

२ दिन अगाडि

भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न
भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न

२ दिन अगाडि

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ सम्पन्न
‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ सम्पन्न

२ दिन अगाडि

तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन
तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन

२ दिन अगाडि

लोकप्रिय
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन  
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृ...

५३३ दिन अगाडि

श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन
श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन

८९० दिन अगाडि

सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी
सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी

८९३ दिन अगाडि

हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 
हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 

९१२ दिन अगाडि

सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस
सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस

९२५ दिन अगाडि

बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 
बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

९२६ दिन अगाडि

सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण
सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण

९३२ दिन अगाडि

हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न
हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम...

९४२ दिन अगाडि

पाठकबाट थप