सहकारीमा महिलाः जलवायु परिवर्तन विरुद्ध संयुक्त प्रयास
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा महिलाः जलवायु परिवर्तन विरुद्ध संयुक्त प्रयास

आइसीए एपीको भर्चुअल कार्यक्रम

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को एशिया प्रशान्त क्षेत्रीय कार्यालय आइसीए–एपीले मार्च २४ अर्थात् भोलि चैत १० गते ‘सहकारीमा महिलाः जलवायु परिवर्तन विरुद्ध संयुक्त प्रयास’ विषयक अभौतिक कार्यक्रम गर्दैछ ।  

समूहगत छलफलसहितको सहभागितामूलक एवम् अन्तरक्रियात्मक कार्यक्रम २ सत्रमा विभक्त गरिएको छ । ‘एशिया प्रशान्त क्षेत्रमा प्राकृतिक प्रकोपः प्रभाव व्यक्तिगत तर सहकारीहरुको संयुक्त प्रतिक्रिया’ शीर्षक राखिएको पहिलो सत्रमा नेपालको तर्फबाट राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । उहाँले नेपालको विनाशकारी भूकम्प, त्यसको असर र पुनर्निमाणसँगै महिला सहकारीकर्मीहरुको भूमिकासँग सम्बन्धित रहेर प्रस्तुतिकरण गर्नुहुने छ । यस किसिमको छलफलले सम्भावित प्राकृतिक प्रकोपहरु विरुद्ध कसरी पूर्वतयारी र पुननिर्माणमा सहकार्य र सहकारिताका माध्यमबाट जुट्न सकिन्छ भन्ने मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । पहिलो सत्रमा प्राकृतिक प्रकोपका विषयमा जापान, नेपाल, अष्ट्रेलिया र फिलिपिन्सको अनुभव सुन्न सकिने छ । वक्ताहरुले प्राकृतिक प्रकोपले निम्त्याएका समस्या र पुनर्निमाण कार्य बारे आ–आफ्नो देशको सहकारीहरुबाट निर्वाह गरिएको भूमिका कार्यक्रममा पस्कनुहुनेछ । 

अष्ट्रेलिया वन डढेलोले प्रत्येक वर्ष आक्रान्त मुलुक हो । वातावरणीय सम्पदा माथिको मानवीय दोहनको परिणामस्वरुप सन् २०१९–२० मा त्यहाँका घना वनमा लागेको डढेलो र त्यसपछिको पुनर्निमाण कार्यमा सहकारीकर्मीहरुले पुर्याएको योगदान प्रस्तुतिकरण भित्र अटाउनेछ । यस्तै जापानमा सन् २०११ को सुनामी तथा भूकम्पसँगै सहकारी क्षेत्रमा परेको असर र प्रकोपछिको पुननिर्माण बारे प्रस्तुतिकरण रहेनछ ।
यसैगरी, सन् २०२१ मै फिलिपिन्समा आएको समुद्री आँधी (भ्याम्को टाइफुन) को असर र त्यसपछिको पुननिर्माणमा सहकारीहरुले देखाएको तत्परतासम्बन्धी प्रस्तुतिकरण हुनेछ । 

दोस्रो सत्रमा महिलाहरु लक्षित जलवायु मैत्री अभ्यास, प्रकिया र उत्पादन तथा सेवा बारे समूहगत विमर्श हुनेछ । उक्त सत्रले सुरक्षित भविष्यका लागि जलवायु परिवर्तनविरुद्ध सामना शक्ति विकास गरी सहकारीहरुलाई पूर्वआकलनसहित क्षति न्यूनीकरण र पुनर्निमाणका लागि तयारी अवस्थामा राख्न सहयोग पुर्याउने उद्देश्य बोकेको छ । पछिल्लो सत्रमा एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलेनिता भी स्यान रुोकी लगायतको प्रस्तुति र समूह छलफल रहेको छ ।

एनजीओ कमिसन अन द स्टेटस अफ उमन (सीएसडब्लु) को ६६ औं मञ्चको साइडलाइनमा यो अभौतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । सीएसडब्लु लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवर्धनमा समर्पित विश्वव्यापी अन्तरसरकारी स्तरीय निकाय हो । संयुक्त राष्ट्र संघको महत्वपूर्ण अंग रहेको आर्थिक तथा सामाजिक परिषद् अन्तर्गत कार्यकारी आयोगको रुपमा काम गर्ने सीएसडब्लु सन् १९४६ को जुन २१ मा गठन गरिएको हो ।

यो कार्यक्रम वातावरणीय अतिक्रमण, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपले सहकारी क्षेत्रमा परेका असर बारे महिला सहकारीकर्मीहरुको चक्षुबाट दृष्टिगोचर गर्ने प्रयास हो । कार्यक्रमले जलवायु मैत्री अभ्यासहरुमा महिला सहकारीकर्मीहरु भूमिका खोजी गर्ने अभिप्राय लिएको आइसीए एपीले जनाएको छ ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप