सहकारीका समसामयिक विषयहरुमाथी संघीय तथा प्रदेश मन्त्रीहरुबीच छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका समसामयिक विषयहरुमाथी संघीय तथा प्रदेश मन्त्रीहरुबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विषयगत समितिको आज धुलिखेलमा बसेको बैठकले सहकारी अनुगमन प्रभावकारी बनाउने विषयमा बृहत छलफल गरेको छ । सहकारी मन्त्रालयकी संघीय मन्त्री र सातवटै प्रदेशका सहकारी मन्त्रीहरु सहितको बैठकले सहकारी क्षेत्रमा देखिएका विकृती विसंगति नियन्त्रण तथा विद्यमान समस्या समाधानका लागि सहकार्य गर्ने विषयमा सबैपक्षबीच सहमति कायम भएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी गराउनुभयो ।

बैठकमा संघीय मन्त्री शशी श्रेष्ठले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अनूसुुची कार्यान्वयमा जोड दिनुपर्नेभन्दै  ऐन, कानुन तथा नीति निर्माण गर्दा दोहोरोपना नहुने गरी सहकार्य गर्ने विषयमा सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको थियो । 

मुलुक संघीयतामा गएको भएपनि अझैपनि केन्द्रिकृत मानसिकता रहेका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको भन्दै मन्त्री श्रेष्ठले आफ्नो अधिकार क्षेत्र भित्रका काम गर्न प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर बस्न नहुने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी भइरहेको सन्दर्भमा तीन तहबीचको अन्तर समन्वयका विषयमा भएको बैठक फलदायी हुने भन्दै मन्त्री श्रेष्ठले बैठकमा उठेका विषयलाई बजेट निर्माण गर्दा ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

संघीय सहकारी मन्त्री शशी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सातै प्रदेशका विषयगत मन्त्रालयका मन्त्रीहरु र पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैठकमा सात वटै प्रदेशका विषयगत मन्त्रालयका मन्त्रीहरुले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसक्दा काम गर्न अन्यौलता बढीरहेको, कर्मचारी व्यस्थापन हुन नसकेको, समन्वय नहुदा तलका समस्या माथिसम्म पुर्याउन र समस्या समाधान गर्न चुनौति थपिएको, प्रदेशका मन्त्रालयहरुलाई कामकाजी बनाउन नसकिएको बताएका थिए ।

बैठकले सहकारीका समस्या समाधानमा सहकार्य गर्ने, ऐन कानुन तथा नीति बनाउदा दोहोरोपना नहुने गरी सहकार्य गर्ने, एकअर्कालाई जानकारी दिनेलगायतका विषयमा एकमत भएको प्रवक्ता जोशीले जानकारी गराउनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप