चन्द्रागिरि नगर सहकारी समन्वय समितिको ५ औं वार्षिकोत्सव सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि नगर सहकारी समन्वय समितिको  ५ औं वार्षिकोत्सव सम्पन्न  

काठमाडौं । स्थानीय तहबाटै सहकारीहरुको सञ्जाल बलियो बनाउँदै लाने अभिप्रायसहित गठित चन्द्रागिरि नगर सहकारी समन्वय समिति ५ औं वर्ष प्रवेश गरेको छ । काठमाडौंस्थित चन्द्रागिरि नगरपालिकाको सहयोग एवम् नेफ्स्कूनको संयोजनमा २०७४ साल चैत ९ गते चन्द्रागिरि नगर सहकारी समन्वय समिति गठन गरिएको थियो । समितिले नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा हिजो नैकापमा एक कार्यक्रम आयोजना गरी ५ औं वार्षिकोत्सवको बधाई तथा शुभकामना आदानप्रदान साटासाट गरेको छ । केशव शर्मा पौड्यालको संयोजकत्वको समिति ७ सल्लाहकारसहित २५ सदस्यीय छ ।

चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आयोजित वार्षिकोत्सव कार्यक्रममा नेफ्स्कून अध्यक्ष पौड्यालले समितिसँग साझेदारी गर्न संघ तयार रहेको भन्दै नीति, विधि तथा प्रविधिमा सहयोग गर्न संघ तयार रहेको बताउनुभएको कोषाध्यक्ष पनेरुले जानकारी गराउनुभयो ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको बिशेष पहलकद्मीमा नगर सहकारी सञ्जाल गठनको प्रारम्भिक खाका तयार गरिएको थियो । ‘स्थानीय तहहरुलाई सबलीकरण गर्ने राज्यको सोच अनुरुप जनतासँग प्रत्यक्ष भिजेका सहकारीहरु र स्थानीय सरकारबीच सहकार्य र समन्वय मजबूत बनाउन नगरस्तरीय सञ्जाल बनाउनुपर्छ भन्ने ठान्यौं, ’हाल समितिका सल्लाहकार पनेरुले साकोस आवाजसँग भन्नुभयो, ‘हाम्रो मनसायसँग नगरपालिकाको मन पनि गाँसियो र नगरप्रमुख अनि राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्षलाई आमन्त्रित गरेर कार्यक्रम पनि गर्यौ ।’

समितिका सचिव एवम् कास्कूनका सञ्चालक लेमन श्रेष्ठले स्थापनाकालमा नगरपालिका भित्र ९३ बचत तथा ऋण, ३६ बहुउद्देश्यीय, ९ कृषि र २ उपभोक्ता गरी १५१ सहकारीहरु रहेको जानकारी गराउँदै पछिल्लो तथ्याङ्क अनुसार करिब ३ वटा सहकारी एकीकरण भएका र १२ वटा नयाँ दर्ता भएको बताउनुभयो । समितिले नगरका सहकारीहरुको संख्यालाई ध्यानमा राखी सदस्यता विस्तारलाई प्राथमिक योजना बनाएको श्रेष्ठले बताउनुभयो । उहाँले नगरपालिकाको सहकारी नियमावली निर्माणमा पनि समितिले ‘इनपुट’ रहेको दाबी गर्दै मस्यौदा तयार भइ अन्तिम चरणमा रहेको बताउनुभयो ।

सचिव श्रेष्ठले समितिले स्थानीय तहमा सहकारीको भूमिका, सहकारी ऐन नियमावली विषयक एक दिवसीय गोष्ठीहरु पनि सम्पन्न गरिसकेको छ । कोभिडको समयमा समितिले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक तथा कास्कूनको प्राविधिक सहयोगमा पनि ३ वटा भर्चुअल कार्यक्रम सफलतापूर्व सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । 

‘चन्द्रागिरि नगरपालिकासँगको साझेदारीमा सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम धुलिखेलमा पनि सञ्चालन गर्यौं, ’ श्रेष्ठले साकोस आवाजसँग भन्नुभयो, ‘त्यस्तै कोभिडको समयमा बलम्बु अस्थायी आइसोलेशन समितिलाई १ लाख २५ हजार रुपैयाँ नगद सहयोग समेत गर्यौं ।’ हाल छुट्टै कार्यालय नरहेको समितिले मासिक २ गते फरक फरक सदस्य संस्थामा बैठक सञ्चालन गर्दै आएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप