दहचोक साकोसको आयोजनामा दश साकोसबीच असल सिकाई आदानप्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दहचोक साकोसको आयोजनामा दश साकोसबीच असल सिकाई आदानप्रदान

काठमाडौं । हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत दोस्रो समूहको १७औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

आयोजक साकोसका अध्यक्ष हरि शरण थापाको सभाध्यक्षतामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख र कोषाध्यक्ष दिपक पनेरुको विशिष्ट आतिथ्यतामा कार्यक्रम शुभारम्भ भएको थियो । अन्य अतिथिहरुमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश तिमिल्सिना, चन्द्रागिरी नगरपालिकाका वडा नं. १ का वडाअध्यक्ष राजेन्द्र के.सी. कर्ब्स दोस्रो समुहमा आबद्ध साकोस प्रतिनिधिहरु साथै आयोजक साकोसका सञ्चालक तथा लेखा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले साकोस सुदृढीकरणका लागि नेफ्स्कूनले अगाडि सारेका दुइवटा मापदण्डमा साकोसहरुको अनिवार्य संलग्नताको विषयमा चर्चा गर्नुभयो । स्तरीकरण कार्यक्रम, जसले साकोसलाई वित्तीय ढंगले सुरक्षित र सन्तुलित बनाउन सहयोग गर्छ भने स्थिरीकरणले साकोसमा पर्न सक्ने सम्भावित दुर्घटनाबाट सुरक्षा प्रदान गर्छ उहाँले भन्नुभयो, “साकोसहरुलाई प्रविधियुक्त बनाउन एकीकृत प्रविधि विकासमा नेफ्स्कूनले काम अगाडि बढाएको छ, अब एउटै सफ्ट्वेयर मार्फत एकीकृत सेवाको उपलब्धता सहज बन्छ ।”  

कार्यक्रममा समुहमा आबद्ध जोरपाटी साकोस, ऋजु साकोस, बालकुमारी साकोस, जयन्ती साकोस, आदर्शभृकुटी साकोस, तरकारी फलफुल साकोस, चिनारी साकोस, शारदामाई साकोस, कम्पास साकोस र हाम्रो दहचोक साकोसका व्यवस्थापकहरुले असल सिकाई साथै संस्थागत कार्यप्रगति प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून तालिम अधिकृत सोविता मैनाली र कास्कून तालिम अधिकृत नवराज सुवेदीले सहजिकरण गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप