प्रभात दिदीबहिनी साकोस सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभात दिदीबहिनी साकोस सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

काठमाडौं । चितवनस्थित प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता विकास तालिम चितवनको कविलास रिसोर्टमा सम्पन्न भएको छ । 
साकोसका अध्यक्ष विमला न्यौपाने ज्ञावालीको अध्यक्षतामा आयोजित तालिम नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो  । तालिम २०७८ चैत्र ६ गते देखि सुरु भएको हो ।

प्रमुख अतिथि अधिकारीले सञ्चालकहरुको क्षमता विकास तालिम सञ्चालक समितिको निर्वाचन भएको पहिलो बर्ष नै लिइसक्नुपर्ने तालिम भएको जानकारी गराउनुभयो । तालिमले सञ्चालकहरुको ज्ञान, सीप क्षमता विकास हुनुको साथै साकोस सञ्चालनमा प्रभावकारिता ल्याउन र पदाधिकारी एवम् सञ्चालकहरुले आ आफ्नो जिम्मेवारी वहन गर्न सहज हुने उहाँले बताउनुभयो । 

साकोसकी अध्यक्ष न्यौपानेले सञ्चालकहरुको क्षमता विकास तालिम  संस्थागत विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको प्रष्ट्याउँदै तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनका क्रममा पूर्ण रुपले कार्यान्वयनमा ल्याउन सहभागीहरुलाई अनुरोध गर्नुभयो । 

तालिममा साकोसका सञ्चालक समिति, विभिन्न उपसमिति गरी १५ जना र उच्च व्यवस्थापनका २ जना गरी १७  जनाको सहभागिता थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम विभाग प्राचार्य सञ्जयराज तिमिल्सिना र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप