सिन्धुलीमा साकोस प्रतिनिधिहरुका लागि पर्ल्स विश्लेषण तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा साकोस प्रतिनिधिहरुका लागि पर्ल्स विश्लेषण तालिम सञ्चालन

काठमाडौं । सिन्धुली जिल्ला बचत संघको आयोजना, कमलामाई महिला साकोस लक्ष्मीपुरको व्यवस्थापन सहयोग र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सिन्धुलीका साकोसकर्मीहरुका लागि पर्ल्स अनुगमन विश्लेषण तालिम सञ्चालन भएको छ ।  

बचत तथा ऋण सहकारी संस्थाको बित्तीय अवस्था विश्लेषण गरी सुधारका उपायहरु पहिल्याउन साथै सञ्चालक तथा व्यवस्थापकहरुमा ज्ञान, सीप अभिबृद्धि गर्ने उद्देश्य तालिमको रहेको जिल्ला बचत संघका फिल्ड कार्यक्रम अधिकृत शारदा पहाडीले जानकारी गराउनुभयो । 

चैत्र ५ गते सुरु उक्त तीन दिवसीय तालिम कमलामाई महिला साकोसकी अध्यक्ष निर्मला पौडेलको अध्यक्षता र बचत संघका कोषाध्यक्ष कृष्णहरि कोइरालाको प्रमुख आतिथ्यतामा भएको थियो भने चैत्र ७ गते समापन कार्यक्रम दुधौली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दुर्गा बहादुर राउतको प्रमुख आतिथ्यतामा भएको थियो ।

समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा बहादुर राउतले बचत तथा ऋण सहकारी सञ्चालनमा उपयोगि प्राविधिक तालिमले संस्थालाई सुरक्षित, व्यवस्थित र सुशासित बनाउन सक्नेहुँदा तालिमबाट प्राप्त ज्ञान सीप संस्था सञ्चालनमा पूर्ण कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । बचत संघकी सञ्चालक पुष्पा धामी दनुवारले सहकारी संस्थाको प्रभावकारी र सुव्यवस्थित सञ्चालनका लागि तालिम आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिन्धुलीका सहायक क्याम्पस प्रमुख रितुराज धमला, नेफ्स्कूनका सिन्धुली सेवा केन्द्र प्रमुख श्याम बुढाथोकी लगायत ६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट पदाधिकारी, सञ्चालक र व्यवस्थापक गरी २२ जनाको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी सगरमाथा महिला साकोसकी सचिब बिष्णु पहाडी घिमिरेले तालिम अति उपयोगी र प्रभावकारी भएको बताउदै सो तालिमबाट प्राप्त ज्ञान सीपलाई आ–आफ्नो संस्थामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कमलामाई महिला साकोसकी व्यवस्थापक लक्ष्मी पोखरेलले स्वगत मन्तव्य राख्नुभएको कार्यक्रम सञ्चालन संघका फिल्ड कार्यक्रम अधिकृत शारदा पहाडीले गर्नुभएको थियो । तालिमका प्राविधिक सहजकर्ता एवम् नेफ्स्कूनका कार्यक्रम अधिकृत पवन घिमिरेले तालिमको सहजीकरण गर्नुभएको थियो । 

तालिमका सहभागीहरु कमला खोज क्लष्टरमा आबद्ध सहकारी संस्थाका प्रतिनिधिहरु हुन् । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

९ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप