नेफ्स्कूनको आयोजना र समन्वयमा बुटवलमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजना र समन्वयमा बुटवलमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न 

 रुपन्देही । नेफ्स्कूनको आयोजना र समन्वयमा आज बुटवलमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् । पहिलो कार्यक्रम नेफ्स्कूनको समन्वय तथा श्रम तथा रोजगार कार्यलय बुटवलको आयोजनामा श्रम अडिट सम्बन्धी जनचेतना कार्यक्रम भएको छ भने दोस्रो कार्यक्रम नेफ्स्कूनको आयोजनामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका बचत ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ ।  

श्रम तथा रोजगार कार्यालयका बरिष्ठ श्रम अधिकृत उप सचिव गिरिराज ज्ञवालीको अध्यक्षतामा आयोजित पहिलो कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिप सापाकोटा, अथिति नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, व्यवसाय विभाग प्रमुख दुर्गा ढकाल, फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला लगायत रहनु भएको थियो । 

कार्यक्रमका प्रमुख अथिति सापकोटाले श्रम ऐन बमोजिम संघ संस्थाका कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा र अधिकार प्राप्त गर्ने वातावरण सृजनाका लागि र साकोसहरु मार्फत श्रम ऐनको परिपालना गर्न कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गर्नु भयो । नेफ्स्कूनसँगको साझेदारीमा कार्यक्रम आयोजना गरेकोमा श्रम कार्यालयलाई उहाँले धन्यवाद ज्ञापन गर्नु भयो । उक्त कार्यक्रमका अध्यक्ष एवं वरिष्ठ श्रम अधिकृत ज्ञवालीले कानुनको परिपालना नगर्ने संस्थालाई दण्डित गर्नु भन्दा पहिला सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको धारणा राख्नु भयो साथै कानुनको परिपालना गर्नको लागि आफ्ना सदस्य संघ संस्थालाई सचेत गराउने र जिम्मेवारी पूर्वक कार्य गरी रहेकोले उक्त कार्यक्रममा साझेदारी गरेको धारण राख्नु भयो । संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, बुटवल फिल्ड कार्यालय इन्चार्ज छत्र धमलाले समेत मन्तव्य राखेको कार्यक्रमको संञ्चालन श्रम कार्यालयका कर्मचारी लिला धेगाले गर्नु भएको थियो । कार्यक्रमम महिला सहभागीहरुको तर्फबाट लक्ष्मी तिवारी पन्त र पुरुष सहभागीबका तर्फबाट विनोद पराजुलीले मन्तव्य राख्दै नेफ्स्कूनको समन्वयमा अत्यन्त उपयोगी कार्यक्रम आयोजना गरिएको भन्दै धन्यवाद दिनुभएको थियो ।

यसैबीच, ३ जिल्लाका व्यवस्थापन प्रमुखसँग नेफ्स्कूनले गरेको अन्तक्रिया कार्यक्रम संघका संञ्चालक सन्दीप सापकोटाको अध्यक्षतामा, प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, फिल्ड इन्चार्ज छत्र धमला र व्यवस्थापन प्रमुख सहित ६० जना भन्दा बढीको सहभागितामा सम्पन्न भयो । अन्तरक्रियाका सहभागीहरुले अभियानका वर्तमान चुनौतीहरु, संघका सेवाहरु, तरलता व्यवस्थापन, स्थिरीकरण कोष, आधारशिला कार्यक्रम लागायतका विषयमा जिज्ञासाहरु राख्नु भएको थियो ।

अन्तरक्रियाका सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन प्रमुख कार्यकारी अधिकृत पोखरेल, व्यवसाय विभाग प्रमुख ढकाल र फिल्ड कार्यालय इन्चार्ज धमलाले गर्नु भएको थियो । महत्वपूर्ण छलफलको आयोजना गरेकोमा संघ प्रति सबैले धन्यवाद व्यक्त गर्नु भयो । नेफ्स्कूनका सञ्चालक सापकोटाले कार्यक्रममा भएको उत्साहजनक सहभागिताका लागि सबैलाई हार्दिक धन्यवाद दिदैं नेफ्स्कून सधै सदस्य साकोसहरुको साथमा रहेकोमा विश्वस्त तुल्याउनुभयो ।  प्रदेश बचत संघका अध्यक्ष एवम् नेफ्स्कूनका पूर्व सञ्चालक कृष्ण नेपालले कोभिड १९ पछि यस किसिमको वृहत् कार्यक्रम पहिलो पटक भएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले अभियानका समसामयिक मुद्दाहरु, स्थिरीकरण कोष सञ्चालनको अन्तिम तयारीमा रहेको भन्दै योगदानलाई निरन्तरता दिन, स्तरीकरण कार्यक्रमको प्रभावकारिता, तरलता संकुचनको अवस्था र त्यसको निदानका लागि अभियानबीचको एकता आदिबारे धारणा राख्नुभएको थियो । कार्यक्रमको उद्देश्य माथि व्यवसाय विभाग प्रमुख ढकालले प्रकाश पार्दै नेफ्स्कूनका सेवा व्यवसायसँग जोडिन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रम सञ्चालन संघका फिल्ड कार्यालय इन्चार्ज धमलाले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप