स्याङ्जास्थित कञ्चन साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्याङ्जास्थित कञ्चन साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

स्याङ्जास्थित कञ्चन साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न भएको छ । चैत्र ९ देखि १० सम्म सञ्चालन भएको तालिममा ३८ जनाको सहभागिता थियो । संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमका अतिथिहरुमा कालिगण्डकी गाउँपालिका वडा नं ४ का अध्यक्ष चक्रपाणि पाण्डे, साकोसका निवर्तमान अध्यक्ष भिम श्रेष्ठ, पूर्व अध्यक्ष, सुन्दर प्रसाद अधिकारी, शिक्षक महासंघ, स्याङ्जाका पशुपति पाण्डे, साकोसका संस्थापक अध्यक्ष चेतनारायण न्यौपाने रहनुभएको थियो भने सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला हुनुहुन्थ्यो ।

उद्घाटन कार्यक्रममा तालिमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाले १४ वार्षिक साधारण सभाबाट निर्वाचित समितिको क्षमता अभिवृद्धि गर्न, सञ्चालकको काम कर्तव्य अधिकार, नियम कानुन बारे जानकारी लिन, बिना तालिम संस्था सञ्चालनमा कमी कमजोरी हुन सक्ने भएकोले बृद्धि विकास गर्न तालिम आयोजना गरिएको भन्दै सक्रिय सहभागीताको लागि सबैलाई अनुरोध गर्नुभयो ।
समापन कार्यक्रमको अध्यक्षता पनि संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाले नै गर्नुभएको थियो भने प्रमुख अतिथि कालिगण्डकी गाँउपालिकाका अध्यक्ष खिम बहादुर थापा, विशिष्ट अतिथि कालिगण्डकी गाँउपालिकाका शिक्षा शाखा प्रमुख भिम श्रेष्ठ रहनुभएको थियो ।

यस्तै, अतिथिहरुमा कालिगण्डकी गाउँपालिका वडा नं ४ का अध्यक्ष चक्रपाडी पाण्डे, साकोसका संस्थापक अध्यक्ष चेतनारायण न्यौपाने, पूर्व अध्यक्ष सुन्दर प्रसाद अधिकारी रहनुभएको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष थापाले सहकारी दीगोेपनाका लागि सिद्धान्त, मूल्य र मान्यता बमोजिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले कालिगण्डकी गाँउपालिकाले सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनको लागि आधारशिला कार्यक्रममा सम्झौता गरेको जानकारी गराउनुभयो । अध्यक्ष थापाले सदस्यको पैसा सुरक्षित राख्नु चुनौती रहेको र सुरक्षाको लागि सञ्चालकलाई सदस्यले विश्वास गरेको उल्लेख गर्नुभयो ।

दोहोरो सदस्यता क्रमशः न्यूनीकरण गर्नुपर्ने, साकोसहरुले  दीगो, स्वस्थ र सुरक्षित सञ्चालनमा जोड दिनुपर्ने भन्दै उहाँले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभयो । समापनमा संस्थाका अध्यक्षले नेतृत्व विकासमा तालिम अपरिहार्य रहेको र तालिममा सिकेको कुरा संस्थामा लागु गर्दै गुणात्मक रुपमा संस्था उत्कृष्ट बन्नु पर्नेमा जोड दिनुभयो ।संस्थाका कोषाध्यक्ष छविलाल न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव डोलराज पाण्डेले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप