साकोसका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम चावहिलमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम चावहिलमा सम्पन्न 

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ल बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को आयोजनामा साकोसका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम हिजो सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको उक्त तालिम चैत्र १५ र १६ दुई दिन सञ्चालन भएको थियो । नेफ्स्कून तालिम केन्द्र, चावहिलमा सञ्चालित तालिममा १६ वटा साकोसका १७ जना बजार व्यवस्थापक र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिम समापन समारोह कास्कूनका अध्यक्ष एवं नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता भएको थियो ।

समारोहका प्रमुख व्यक्ति दिपक पनेरुले बजार प्रतिनिधिहरु संस्थाको ऐना भएको हुँदा संस्थाका सम्पूर्ण विषयवस्तुमा जानकार भई सदस्यहरुलाई संस्थाको प्रवक्ताको रुपमा जानकारी गराउनु पर्ने धारणा राख्नु भएको थियो । पनेरुले सहकारी संस्थाका सेयर सदस्यहरुको प्रत्यक्ष घर तथा ब्यवसायमा नै उपस्थित भई बचत संकलन गरेर कार्यालयमा जम्मा गर्ने, बचत फिर्ता गर्ने तथा आवश्यकता अनुसार ऋणको सांवा तथा ब्याज समेत संकलन गरी कार्यालयमा जम्मा गर्ने गराउने, समयमै सूचना पुराउने लगायतका काम बजार प्रतिनिधिहरुलेनै गर्नुपर्ने बताउनु भएको थियो । 

तालिममा सहभागी हुनु भएकोमा सहभागी र प्रतिनिधी संस्थाहरुलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनहरुमा सदस्य संस्थाहरुको माग तथा आवश्यकताका आधारमा तालिम कार्यक्रमहरुको विकास गर्ने समेत जानकारी गराउनुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कास्कूनका तालिम अधिकृत लव सिंखडाले गर्नुभएको थियो । 
 
भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप