६५औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा देशव्यापी कार्यक्रम रौनकता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६५औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा देशव्यापी कार्यक्रम रौनकता 

काठमाडौं । सहकारी अभियानमाझ राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको राष्ट्रिय सहकारी दिवसले यतिबेला अभियानभित्र रौनकता छाएको छ । २०७८ चैत्र २० गते देशव्यापी रुपमा ६५औं राष्ट्रिय सहकारी दिवस मनाइँदै छ ।

सहकारी दिवसको पूर्वसन्ध्यामा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सम्पूर्ण संघ संस्थाहरुले यतिवेला विविध सामाजिक कृयाकलापहरु आयोजना गरेका छन् भने कतिपयले कार्यक्रमहरुमा ऐक्यवद्धता जनाएका छन् । 

नेपालमा सहकारी स्थापना भएको दिन चैत्र २० गतेको सम्झनामा हरेक बर्ष सहकारी दिवस मनाउँदै आइएको छ । सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले हरेक बर्ष सहकारीको राष्ट्रिय नारा तय गर्ने, विविध कार्यक्रम, सम्मान तथा पुरस्कारको घोषणा गर्ने र समग्र सहकारी संघसंस्थाहरुलाई रचनात्मक कार्यहरु सहित सभ्य र भव्य रुपमा सहकारी दिवस मनाउन आव्हन समेत गर्दै आइरहेको छ ।

महासंघले गत वर्षकै निरन्तरता स्वरुप ६५औं राष्ट्रिय सहकारी दिवसको थिम (नारा)  ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेको छ । आज भन्दा ६४ वर्ष अघि अर्थात् २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको हो । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा सुशासित, मर्यादित र पारदर्शि कार्यशैलिका लागि प्रविधिको अनिवार्यता आवश्यक हुने हुँदा महासंघले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने गत बर्ष तय गरेको थिमलाई यस बर्षपनि निरन्तरता दिइएको बताउनुभएको छ । नेफ्स्कूनमा गत सोमबार आयोजित सहकारी समन्वय सञ्जालको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष कडेलले सहकारीमा सुशासन सबैभन्दा महत्वपूर्ण पक्ष रहेको भन्दै सहकारीमा प्रविधिविकासको आवश्यकता औल्याउनुभएको थियो । उहाँले देशव्यापी रुपमा सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई ६५औं राष्ट्रिय सहकारी दिवस रचनात्मक क्रियाकलापहरुको आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउन आव्हान गर्दै दिवसको पूर्वसन्ध्यामा चैत्र १९ गते महासंघको सभाहलामा आयोजित विशेष समारोहमा सहभागिताका लागि अनुरोध समेत गर्नुभएको थियो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र महासंघको संयुक्त पहलमा आयोजित विशेष समारोहमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने आदर्श बाक्यका विषयमा यस बर्ष पनि विषय विज्ञद्वारा प्रस्तुतीकरण सहितको कार्यक्रम रहेको छ । सहकारी सचिव राम प्रसाद थपलियाले पनि सहकारी दिवस विशेष समारोहका लागि सरकारको तर्फबाट पनि ऐक्यवद्धतासहित शुभकामना दिनुभएको थियो । 

लगातार दुई बर्ष कोभिड १९ का कारण प्रभावित बनेको सहकारी दिवस यस बर्ष भने सहकारीकर्मीहरुका लागि उल्लासको दिवस बनेको छ । जिल्ला जिल्लामा सहकारी संघ संस्थाहरुले विविध कार्यक्रमहरु आयोजना गरेका छन् । 

६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ मूल समारोह समिति बागमती प्रदेश, हेटौंडा  मकवानपुरले चैत्र १८ गते रक्तदान, १९ गते हेटौंडा अस्पतालका विरामीहरुलाई फलफूल वितरण र २० गते मकवानपुरको गढी, मनहरी, भिमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका भित्रका सम्पूर्ण साकोसका सञ्चालक समिति, उपसमिति, कर्मचारीहरु सहित र्यालीको आयोजना गरेको छ । उत्कृष्ट र्याली प्रदर्शन गर्ने साकोसहरुलाई पुरस्कृत गरिने घोषणा समेत समितिले गरेको छ । 

जिल्ला सहकारी संघ काठमाडौंले नगरस्तरीय जिल्ला संघको समन्वयमा विविध कार्यक्रम आयोजना गरेको छ । चैत्र १८ देखि २० सम्म तीन दिन संघले विभिन्न नगर उपसमितिको आयोजनामा आश्रमहरुमा खाद्यान्न सामग्री वितरण, सहकारी सम्बन्धी छलफल तथा अन्तरक्रिया, जेष्ठ नागरिक सम्मान, रक्तदान कार्यक्रम, सहकारी सचेतनामुलक कार्यक्रम तथा शुभकामना आदानप्रदान लगायतका करिब दर्जन कार्यक्रमको घोषणा गरेको छ । 

जिल्ला सहकारी संघ बाँकेले समृद्धिमा सहकारीको भूमिका विषयक कार्यशाला चैत्र १७ र १८ गते सशुल्क आयोजना गरेको छ । विभिन्न विषयविज्ञहरुको प्रस्तुतीकरण रहने उक्त कार्यक्रममा निश्चित शुल्क तोकेर सहभागी गराएको छ ।

जिल्ला सहकारी संघ झापाले पनि चैत्र १९ र २० गते कोअपरेटिभ समिट ०७८ को आयोजना गरेको छ । 
जिल्ला सहकारी संघ कास्कीले चैत्र १८ गते अन्तरक्रिया, १९ गते सरसफाई र २० गते सहकारी व्यवस्थापनः प्रविधि र सुशासन विषयक अन्तरक्रिया आयोजना गरेको छ । 

जिल्ला सहकारी संघ लि. भक्तपुरले चैत्र २१ गते स्थानीय तहसँगको सहकार्य तथा समन्वयका लागि सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

जिल्ला सहकारी संघ मोरङले सहकारी दिवस मूल समारोह समिति गठन गरी दिवसको वृहत तयारी गरेको छ । संघले १९ गते साँझबाट हरेक संस्थामा दिप प्रज्वलन गरेर दिवसको सुरुवात गरिने र २० गते स्थानीय मौलिक पहिचान सहितका झाँकी, र्याली प्रस्तुत गरिने साथै उत्कृष्ट प्रस्तुती रहनेलाई प्रथम, द्वितीय र तृतीय पुरस्कारको व्यवस्था समेत गरेको छ । 

जिल्ला सहकारी संघ लि. काभ्रेले चैत्र १७ गते सहकारी संस्थाहरुमा देखिएका समस्या समाधान तथा यसका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । 

सहकारी दिवसका अवसरमा सहकारी दिवस जिल्ला मूल समारोह समिति ललितपुरले रक्तदान कार्यक्रम र २१ गते सहकारी सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया आयोजना गरेको छ । 

“मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने ६५औं राष्ट्रिय सहकारी दिवसको थिमलाई आत्मसाथ गर्दै रुपन्देही बच तथा ऋण सहकारी संघ लि.ले सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा चैत्र १८ गते सहकारीमा सूचना प्रविधिको प्रयोग, साईबर सुरक्षा, डिजिटल भूक्तानी विषयक अन्तरक्रिया साथै रुपन्देही बचत संघका पूर्व सञ्चालक तथा विभिन्न विधामा उत्कृष्ट सहाकारीहरुलाई सम्मान एवं सहकारी पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र जिल्ला बचत संघ दाङको संयुक्त आयोजनामा चैत्र १९ गते दाङको घोराहीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

त्यसैगरी प्रारम्भिक सहकारी संस्थाहरुले पनि सहकारी दिवसको अवसरमा विविध क्रियाकलापहरु आयोजना गरेका छन् । सदस्यहरुलाई सहकारी शिक्षा, रक्तदान कार्यक्रम, सफसफाई, भेटघाट तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरु घोषणा गरेका छन् । 

पुरानो सिनामंगल काठमाडौंको पाँचतारा साकोसले सहकारी दिवस साथै संस्थाको १४औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

ललितपुरको प्रतिभा बचत तथा ऋण सहकारी संस्थाले दिवसका अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

रामेछापको मन्थली–१ मा अवस्थित नवजागरण साकोसले सहकारी दिवसको अवसर पारेर सदस्यहरुमाझ एटिएम सेवा सुरुवात गर्नेभएको छ । सहकारी दिवसको दिन पहिले आउने एक सय जनालाई निशुल्क एटिएम कार्ड उपलब्ध गराउने घोषणा संस्थाले गरेको छ । 

काठमाडौं शान्तिनगरमा रहेको बाबियाखर्क साकोसले चैत्र १८ देखि २० गते सम्म सदस्य लक्षित वित्तिय साक्षरता कक्षा तथा शुभकामना आदानप्रदानको कार्यक्रम राखेको छ । 

रुपन्देहीस्थित टुगा आस्था विकास साकोसले पनि चैत्र १७ गते सिद्धार्थ बालगृह भैरहवास्थित नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा खाद्यान्न वितरण गरेको छ । 

त्यसैगरी राष्ट्रिय सहकारी बैंकले सहकारी दिवसका अवसरमा सहकारीको बर्तमान अवस्थाः समस्या र समाधान विषयक लघु गोष्ठी आयोजना गर्ने भएको छ । देशभरका कार्यालयमार्फत लघु गोष्ठी आयोजना गरिने बैंकले जनाएको छ । ठूलो संख्यामा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सहकारी संघ संस्थाहरुले आआफ्नो क्षमता र समय उपलब्धताका आधारमा राष्ट्रिय सहकारी दिवसका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।   

सहकारी दिवस केवल दिवसमा मात्र सीमित नभएर सहकारी क्षेत्रमा देखा परेका सकारात्मक नकारात्मक पक्षको समिक्षा गर्ने र आगामी योजना निर्माणसहित सहकारी क्षेत्रलाई अगाडि बढाउन पहल गर्ने दिवसको रुपमा रहोस् ! हार्दिक शुभकामना ।।

भर्खरै
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१६ घण्टा अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

१८ घण्टा अगाडि

सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन
सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन

१९ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

२२ घण्टा अगाडि

स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  

२ दिन अगाडि

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

१८ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 
अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

४ दिन अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

११ दिन अगाडि

पाठकबाट थप