‘सदस्यका पैसा सहकारीमै आउनुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सदस्यका पैसा सहकारीमै आउनुपर्छ’

भक्तपुर । भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी अभियान बलियो बनाउन सहकारीका सदस्यहरुले सहकारी अभियानभित्रै सम्पूर्ण वित्तीय कारोबार गर्न आग्रह गर्नुभएको छ । सहकारीका सदस्यहरुले नियमित बचत सहकारीमा गर्ने तर ठूलो कारोबारका लागि सहकारी नपुग्ने अवस्था छ, जसले सहकारीलाई कमजोर बनाउँछ उहाँले भन्नुभयो । 

भक्तपुर जिल्ला बचत संघ, वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा हिजो सम्पन्न तरलता व्यवस्थापन तालिमका अवसरमा बोल्दै अध्यक्ष लाखाजुले भक्तपुरमा तरलता अभाव देखिएसँगै सहकारीमा पनि तरलताको अवस्था १५ प्रतिशत भन्दा कमी हुनपुगेको बताउनुभयो । 

भक्तपुरका संस्थाहरुमा तरलता संकट हुनु अगाडि सम्म संस्थाको तरलता २० प्रतिशत भन्दा बढी थियो भने हाल तरलता १५ प्रतिशत भन्दा कम हुनपुगेको छ ।  संघमा आवद्ध संस्थाहरुको ७० प्रतिशत भन्दा बढी तरलता बैंक तथा फाइनान्समा रहेको उहाँले बताउनुभयो । 

उहाँले एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने, कानुन विपरीत संचालित बहुउद्देशीय सहकारी संस्था संचालनमा रोक लगाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले बचतमा दिएको व्याजमा लाग्ने १५ प्रतिशत अग्रिम व्याजकर र मालपोत दस्तुर रु.५००।– बाट रु.८,०००।– सम्म बृद्धि गरेकोमा विरोध जनाउँदै सोको संशोधनका लागि बागमती प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकेको जानकारी दिनुभयो । वित्तीय संस्थामा तरलता संकट हुने वित्तिकै सहकारी क्षेत्र पनि त्यस संकटबाट अछुतो रहँदैन । तसर्थ यस्तो अवस्थामा ठुलो ऋण लगानी नगर्न, ठुलो धनराशी खर्च हुने सम्पत्ति खरिद नगर्न आग्रह गर्नुभयो । 

संघका कोषाध्यक्ष एवं वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले तरलता संकटको अवस्थामा समसामयिक विषयमा नै तालिमको आयोजना गरिएको बताउनुभयो । सदय संस्थाहरुले ८० प्रतिशत भन्दा बढी ऋण लगानी गर्नुहुँदैन । यसले संस्थामा झन तरलता संकट उत्पन्न हुने जानकारी गराउनुभयो । उहाँले संस्था र आफ्नो व्यक्तिगत विकासका लागि तालिमबाट सिकेका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । 

नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाको सहजिकरणमा सम्पन्न तालिमको समापन समारोहमा संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले स्वागत मन्तव्य र सदस्य राजाराम गोसाईले कार्यक्रम संचालन गर्नुभएको थियो । साथै ख्वप साकोसका लक्ष्मीनारायण सुवाल, सिद्धि गणेशका शिला गोसाई, सामूहिक साकोसका विन्द्रा नायभाले पनि बोल्नुभएको थियो । तालिममा सदस्य संस्थामा कार्यरत ३१ जना व्यवस्थापक एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप