पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम अन्तर्गत असल सिकाई कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम अन्तर्गत असल सिकाई कार्यशाला सम्पन्न

काठमाडौं । नवसृजनशिल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा प्रोबेसन बागमती पाँचौं क्लष्टरको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

नवसृजनशिल साकोसका अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, विशेष अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो । 

प्रमुख अतिथि केशव प्रसाद बडालले सहकारी इतिहासका विगत देखि बर्तमान सम्मका उतार चडाब र अभियानको अवको गन्तव्यका सन्दर्भमा रोचक प्रशंग उल्लेख गर्नुभएको थियो । डिजीटाईजेसन र डिजिटल ट्रान्सफरमेसन को अवधारणामा विश्व बजार सँगै नेपालको सहकारी अभियान पनि अघि बढ्नुपर्नेमा उहाँको जोड रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीले प्रदान गर्ने सेवालाई परिष्कृत गर्दै प्रविधि मैत्री बनाउनु पर्ने, नगदरहित सेवा प्रवाहका लागि आवश्यक  क्षमता विकास गराउनु पर्ने, बजारको स्वरूप र प्रकृतिमा परिवर्तन देखापर्दै गएकोले सोका लागि सहकारी तयार रहनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारी अभियानमा Mobile Money अवधारणाको विकास गर्नुपर्ने आवश्यकता औल्याउँदै नेफ्स्कूनले सुरुवात गर्न लागिरहेको एकीकृत प्रविधि सेवाले साकोस अभियानलाई मर्यादित र प्रविधिमैत्री बनाउन योगदान पुग्ने विश्वास लिएको बताउनुभयो ।

नवसृजनशिल साकोसका सचिव सालीकराम पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो ।  
कार्यक्रममा नवसृजनशिल साकोस काठमाडौं, बेथानचोक नारी चेतना साकोस काभ्रे, अग्नी साकोस काभ्रे,     राधास्वामी साकोस काठमाडौं, ज्योतीपुञ्ज साकोस काठमाडौ, फोकस साकोस काठमाडौं, उद्देश्य साकोस काठमाडौबाट साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप