रक्तदाताहरुको उल्लेख्य सहभागिताका बीच पाँचताराको बृहत रक्तदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रक्तदाताहरुको उल्लेख्य सहभागिताका बीच पाँचताराको बृहत रक्तदान 

काठमाडौ । ६५ औं राष्ट्रिय सहकारी दिवस तथा १४औं बार्षिकोत्सवका अवसरमा पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि. ले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १ सय ४६ जनाले रक्तदान गरेका छन् । 

विहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको र दिउसो ३ बजेसम्म १ सय ४६ जनाले रक्तदान गरिसकेको साकोसका अध्यक्ष भोलानाथ पाठकले जानकारी गराउनुभयो । रक्तदान जस्तो महान् कार्य मानव जिवन रक्षाका निम्ति पवित्र र पुण्यको काम हो, पाँचतारा साकोसले रक्तदान कार्यक्रमलाई विगत १२ बर्षदेखि नै विशेष महत्व दिएर निरन्तर आयोजना गर्ने गरेको उहाँले बताउनुभयो,  “रक्तदान कार्यक्रम अत्यन्त संम्बेदनशील पक्ष हो, यसमा देखासिकी मात्र नभएर सुरक्षित र सम्यमितता पनि उत्तिकै अपनाउनु जरुरी छ ।” 

पुरानो सिनामंगल ३२ स्थित पाँचतारा साकोसकोे प्राङ्गणमा आयोजित कार्यक्रम ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) पूर्विभेगिए क्षेत्रिय कमिटि कोटेश्वर र काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को संयोजनमा भएको थियो । 

कार्यक्रममा ब्लोदानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल केसी, कास्कुनका सचिव शालिकराम पुडासैनी, ब्लोदान काठमाण्डौका अध्यक्ष जनक खड्का लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अनौपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता थियो । 

साकोसले रक्तदाताहरुलाई टिसर्ट, क्याप जस्ता उपहार प्रदान गरी हौसला समेत बढाएको थियो । रक्तदान कार्यमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) केन्द्रीय कार्यालयका कर्मचारीहरु पनि सहभागी हुनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप