स्वस्तिक साकोसद्वारा मानव सेवा आश्रममा नगद सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसद्वारा मानव सेवा आश्रममा नगद सहयोग

सर्लाही । ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.ले मानव सेवा सहयोगको कार्यक्रम गरेको छ । 

साकोसले हरिवन न.पा अन्तर्गत नयाँरोडमा रहेको मानव सेवा आश्रमलाई नगद रु १०,००० (दश हजार) सहयोग गरेको हो । संस्थाको हरेक आर्थिक वर्ष तीन वटा मानवीय सेवा गर्ने योजना अनुरुप यस वर्षको दोश्रो कार्य सहकारी दिवसको अवसर पारेर गरिएको संस्थाका अध्यक्ष वेनी वहादुर कार्कीले जानकारी दिनु भयो ।

साकोसका अध्यक्ष कार्की सहित उपाध्यक्ष वाल्मीकि सिं, सचिव वेचु प्रसाद तिमलसिना, कोषाध्यक्ष विष्णुहरि मैनाली, संचालक सदस्य रामजी गिरी, व्यवस्थापक विनोद कुमार थापा र लेखा सहायक शेखर वहादुर लामा मानव आश्रम मै गई नगद दश हजार हस्तान्तण गरेको हो । मानसिक स्थिति ठीक नभएका तथा विभिन्न किसिमले सडकमा वसेका महिला तथा पुरुष गरि ६३ जना हरिवनस्थित आश्रमको सेवामा रहेका छन् ।

साकोसले यसअघि पनि विभिन्न मानव सेवा र सामाजिक उक्तरदायित्वका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । साकोसले गत पौषमा भरतपुर आँखा अस्पतालको सहयोगमा ९९५ जनाको आँखा परिक्षण गरि २८५ जनाको मोतिया विन्दुको निशुल्क अपरेशन गराएको संस्थाका व्यवस्थापक  विनोद कुमार थापाले जानकारी गराउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप