रुपन्देहीमा राष्ट्रिय सहकारी दिवस तथा पुरस्कार र सम्मान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा राष्ट्रिय सहकारी दिवस तथा पुरस्कार र सम्मान कार्यक्रम

“ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नाराका साथ आज ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ को शुभ अवसरमा सिद्धार्थनगर नगरपालिका र मूल समारोह समिति सिद्धार्थनगरको संयुक्त आयोजना तथा भैरहवा क्षेत्रका ३९ सहकारी संस्थाहरूको सकृयतामा राष्ट्रिय सहकारी दिवस २०७८ तथा पुरस्कार र सम्मान कार्यक्रम सभ्य, मर्यादित एवं भव्य रुपमा सम्पन्न गरियो ।

मूल समोरोह आयोजक समिति संयोजक कुल प्रसाद न्यौपानेको अध्यक्षता , सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी, आर्थिक विकास संयोजक थानेश्वर पौडेल,  सहकारी अधिकृत कमल कान्त खनाल, सिद्धार्थ उद्योग वाणिज्य संघ का अध्यक्ष भिष्म प्रसाद न्यौपाने र राष्ट्रिय सहकारी बैंक लि। भैरहवा शाखा प्रबन्धक आलोक शिवाकोटी, रुपन्देही व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली, समाजसेवी भरत कुमार पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो । सो कार्यक्रम त्रिशुल सहकारीका प्रबन्धक सरीता रानाको संचालन तथा लुम्बिनी सहकारीका प्रबन्धक राम प्रसाद बरालको स्वागत मन्तव्य रहेको थियो । भैरहवा क्षेत्रमा पहिलो पटक आयोजिना गरिएको प्रभात फेरी कार्यक्रममा यस क्षेत्रका करिब ४० सहकारी संस्थाका सञ्चालक पदाधिकारी, लेखा सुपरिवेक्षण पदाधिकारी, शेयर सदस्यहरू र कार्यरत कर्मचारीहरू सहित करिब ५५० जना भन्दा बढिको सहभागिता भएको थियो । प्रभात फेरी लुम्बिनी गेटबाट शुरु भई नारायण पथ, मैत्री पथ र बैंकरोड हुँदै सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा विशेष कार्यक्रम गरि समापन गरिएको थियो । 

सो सहकारी दिवसको उपलक्ष्यमा नगर पालिकाबाट विभिन्न विधामा पाँच वटा सहकारी संस्थाहरूलाई पुरस्कृत तथा सम्मान समेत गरिएको थियो । पुरस्कृत हुनेमा एकीकरण पछिको लुम्बिनी उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लि, उत्कृष्ट व्यवसाय तर्फ नेपाल बहुमुखी सहकारी संस्था लि, उत्कृष्ट सहकारी व्यवस्थापनमा अङ्कुर बचत तथा ऋण सहकारी संस्था लि, सहकारी अभियानको क्षेत्रमा उत्कृष्ट व्यवस्थापक तर्फ लुम्बिनी बचत तथा ऋण सहकारी संघ लि. का प्रबन्धक राम प्रसाद बराल र उत्कृष्ट सहकारी अभियान तर्फ गौरवान्वित बचत तथा ऋण सहकारी संस्था लि.सहित सबैलाई प्रमुख अतिथिबाट नगद र प्रशंसा पत्रद्वारा पुरस्कृत एवं सम्मान गरिएको थियो । मूल समारोह आयोजक समितिको तर्फबाट प्रभातफेरीमा सहभागी सम्पूर्ण ३८ वटा सहकारी संस्थाहरूलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप