चाँगुनारायण नगरपालिकाद्वारा भक्तपुरमा सहकारी अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चाँगुनारायण नगरपालिकाद्वारा भक्तपुरमा सहकारी अन्तरक्रिया

काठमाडौं । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरको खरिपाटीमा एक दिवसीय सहकारी अन्तरक्रिया सम्पन्न भएको छ । चाँगुनारारायण नगरपालिका र नगर सहकारी सञ्जालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख व्यक्ति नेफ्स्कूनका अध्यक्ष परितोष पौैड्याल हुनुहुन्थ्यो । 

अध्यक्ष पौड्यालले ६५औं राष्ट्रिय सहकारी दिवसको थिम “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” लाई आत्मसाथ गर्दै नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया समयसान्दर्भिक रहेकोमा धन्यवाद साथै शुभकामना व्यक्त गर्नुभयो । मर्यादित, व्यावसायिक र सुशासनयुक्त सहकारी निर्माणमा प्रविधि प्रयोगको औचित्यतामाथी प्रकाश पार्दै अबको सहकारी अभियान पूर्णतः डिजिटाइज हुनुपर्नेमा जोड दिनुभयो । 

वित्तीय कारोबारको दिगोपना र संस्थाको दिगोपनाको लागि सहकारीलाई डिजिटलाईजेशन गर्नुपर्नेमा उहाँको जोड थियो । आधुनिक प्रविधिको आधारमा प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापन गर्न सकिने भएकोले  नेफ्स्कूनले एकीकृत प्रविधि निर्माण गरिरहेको र त्यसमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्नुभएको थियो ।

नगरपालिकाका उमपेयर विना बास्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी रहनुभएको थियो भने अतिथिहरुमा चाँगुनारायण नगर सहकारी सञ्जालका अध्यक्ष उमेश प्रधान, नेफ्स्कूनकी सञ्चालक सदस्य मन्दरा मिश्र, चाँगुनारारायण नगर कार्यपालिका सदस्य रमा थपा, स्थानीय सहकारी प्रतिनिधिहरु सहित ७५ जनाको उपस्थिति रहेको थियो । 

नगरप्रमुख मिश्रले सहकारीमार्फत उद्यमशीलता विकासको आवश्यतामाथी चर्चा गर्दै चाँगुनारायण नगरपालिकाले युवा उद्यमशिलता विकासमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीले आफ्ना सदस्यहरुको जीवनस्तर सुधारका लागि उद्यमशिलता विकासलाई पहिलो प्राथमिकता बनाउनुपर्छ ।” 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सहकारी नारा “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” साथै सहकारीका समसामयिक सबालहरुमा कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सहकारीले प्रदान गर्ने वित्तीय सेवासँगै सदस्यहरुमा वित्तीय शिक्षा र प्रविधि शिक्षाको आवश्यकता औल्याउनुभएको थियो । वित्तीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन प्रविधि विस्तार सँगसँगै प्रविधि शिक्षालाई जोड्नुपर्ने बताउनुभयो । 

नेफ्स्कूनले स्थानीय तहसँगको साझेदारीमा सहकारीको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणको माध्यबाट सबल र सक्षम संस्था निर्माण गर्ने उद्देश्य सहित आधारशिला कार्यक्रम कार्यान्वयनमा ल्याएको र धेरै स्थानीय तहमा प्रभावकारी कार्यान्वयन भइरहेको उहाँले जानकारी गराउनुभयो । 

नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्रले सहभागीहरुलाई धन्यवाद दिँदै सहकारी एकीकरणका सन्दर्भमा सहभागीहरुले राख्नुभएको जिज्ञासालाई प्रष्ट पार्नुभएको थियो । 

नगर सहकारी सञ्जालका सचिव एवम् युवा साकोसका अध्यक्ष प्रल्हाद बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रम नगरपालिकाकी सहकारी विभाग प्रमुख शर्मिलाजीले सञ्चालन गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप