प्रोबेसनमा  आबद्ध साकोसहरुबीच भरतपुरमा असल सिकाई अभ्यास सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसनमा  आबद्ध साकोसहरुबीच भरतपुरमा असल सिकाई अभ्यास सम्पन्न 

चितवन । सिद्धिविनायक साकोस, भरतपुर महानगरपालिका वडा नं. २, क्षेत्रपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनमा सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) २०७८ चैत्र २२ गते  धावन रिक्रियसन एण्ड पार्टी प्यालेस, भरतपुर ११, चितवनको सभाहलमा हिजो सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक कार्यक्रम (PROBATION) मा आबद्ध चितवन जिल्लाका ११ वटा साकोसका प्रोवेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ३४ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका कार्यवाहक अध्यक्ष भगवती पाण्डेको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की  उपाध्यक्ष  शान्ति अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कून सञ्चालक सदस्य तथा चितवन फिल्ड कार्यलय व्यवस्थापन उप समिति संयोजक विद्या कोईराला, चितवन जिल्ला बचत संघको सचिव रामराज पौडेलको विशेष उपस्थिति, नेफ्स्कून फिल्ड कार्यालय चितवनको फिल्ड इन्चार्ज रिषभराज रेग्मीको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले सहकारी संस्थाहरुमा हाल तरलता जोखिमको अवस्था रहेकोले संस्थाहरुले ऋणको मागलाई सम्बोधन गदै तरलताको अवस्थालाई हेरेर मात्रै ऋण लगानीगर्नुपर्ने बताउनुभएको थियो । हतपतको लगानीले पछि असुलीमा दुख पाउनुभन्दा पहिलानै सोच विचार गरी लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो । अनुत्पादक क्षेत्रमा भएको धेरै लगानीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी सदस्यहरुलाई उद्यमशील बनाउनुपर्ने र नेफ्स्कूनले प्रदेश र केन्द्र स्तरमा साकोसमा भएको समस्याहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ सोको बहस पैरवी भैरहेको कुरा समेत उहाँले जानकारी गराउनुभयो । 

 सहकारी अभियान चितवन जिल्लाबाटनै स्थापना भएको तर सहकारी अवलोकनको कुरामा बाहिरी जिल्ला जाने गरेकोमा हाल यस कार्यमा सुधारउन्मुख भई नियमनमा रहने संस्थाहरुको बृद्धि भएको तर खोजेजस्तो गुणस्तर अझै नभएकोले सोको सुधार गरी यस जिल्लाका सस्थाहरुको स्तरोन्नतीमा बृद्धि गरी अवलोकनको हव बनाउनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिनुभएको थियो । कार्यक्रममा उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा अथर्व साकोसको व्यवस्थापक प्रेम ढकाललाई पुरस्कृत गरिएको थियो ।

 उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतमले गर्नुभएको थियो ।  कार्यक्रम सञ्चालन सचिव तथा प्रोवेसन कार्यक्रम संयोजक मुकुन्द प्रसाद गौतमले गर्नु भएको थियो भने आगामी आठाँै कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मंगलपुर साकोस, भरतपुरको आयोजना गर्ने निर्णय भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप