हाम्रो जनकल्याण साकोसको आयोजनामा माध्यमिक विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसको आयोजनामा माध्यमिक विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले विगत तीन वर्षदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको माध्यमिक विद्यालय स्तरीय लामो दुरीको दौड प्रतियोगिता सम्पन्न गरेको छ । भीमेश्वर नगरपालिकाका १४ माध्यमिक विद्यालयका छात्राछात्रा गरी ५३ जनाको सहभागितामा सम्पन्न लामो दुरीको दौड प्रतियोगितामा छात्रातर्फ सर्व माध्यमिक विद्यालयका छात्रा सलिना श्रेष्ठ प्रथम, क्षमावती माध्यमिक विद्यालयका अस्बिना खडका द्वितीय, भीम माविका मालती तामाङ तृतीय र सान्त्वानातर्फ करुणा श्रेष्ठ मोर्डन नेपाल स्कुल, समिता थापा मोर्डन नेपाल स्कुल र कालिञ्चोक माध्यमिक विद्यालयका रसिला घिमिरेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी, छात्रतर्फ क्षमावती माध्यमिक विद्यालयका भुवन थामी प्रथम, द्वितीय प्रशान्त भुजेल माउन्टभ्याली एकेडेमी, तृतीय समिर चौलागाई माउन्टभ्याली एकेडेमी र सान्त्वनातर्फ हिमालय क्राउनका पेम्बा तामाङ, शनिलशेर घिसिङ र महेन्द्रोदय माविका सबिन रोकायले प्राप्त गर्नुभएको छ । दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने विद्यार्थीहरुलाई क्रमशः रु ६०००, रु. ४०००, रु. ३००० र रु.१००० नगद पुरस्कार सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । त्यसैगरी प्रथम हुने विद्यालयलाई शिल्ड र प्रशंसा पत्र वितरण गरिएको थियो ।

धावकहरु विकास गरी जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा समेत प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले हाम्रो जनकल्याण साकोसले दौड प्रतियोगितालाई वार्षिक योजनामा राखी सञ्चालन गर्दै आएको छ । संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता भएको दौड प्रतियोगितामा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई प्रमुख अतिथि हुनुहुन्थ्यो भने नेफ्स्कुनका सञ्चालक सदस्य जिविसराज खडका विशेष अतिथि, अतिथिहरुमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटी, भीमेश्वर नगरपालिकाका सहकारी शाखाका विभागीय अधिकृत नारायण सेढाई लगायत पत्रकार, सम्बन्धित विद्यालयका प्रअ, शिक्षक कर्मचारी, संस्थाका सञ्चालक, सल्लाहकार, उपसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो । संस्थाले बचत तथा ऋणको कारोबारबाहेक नागरिक प्रतिक्षालय निर्माण, रक्तदान, असहाय सन्तती छात्रवृत्ति वितरण, जेष्ठ नागरिकहरुलाई सहयोग, विभिन्न विपदबाट जनधन गुमाएका शेयर सदस्यलाई आर्थिक सहयोग गर्दै आएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप