उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सम्पन्न

बनेपा । नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा काभ्रेको बनेपामा सञ्चालित  उच्चस्तरीय लेखा व्यवस्थापन तालिम हिजो सम्पन्न भएको छ । तालिम समापन समारोहमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यल प्रमुख व्यक्ति र उपाध्यक्ष शान्ति अधिकारी विशेष व्यक्तिको रुपमा रहनुभएको थियो भने नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना पनि सहभागी हुनुहुन्थ्यो । 

नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले मर्यादित, व्यावसायिक र सुशासनयुक्त सहकारी निर्माणमा प्रविधि प्रयोगको औचित्यतामाथी प्रकाश पार्दै अबको सहकारी अभियान पूर्णतः डिजिटाइज हुनुपर्नेमा जोड दिनुभएको थियो । वित्तीय कारोबारको दिगोपना र संस्थाको दिगोपनाको लागि सहकारीलाई डिजिटलाईजेशन गर्नुपर्नेमा उहाँको जोड थियो । आधुनिक प्रविधिको आधारमा प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापन गर्न सकिने भएकोले नेफ्स्कूनले एकीकृत प्रविधि निर्माण गरिरहेको र त्यसमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्नुभएको थियो । त्यसैगरी साकोसको सुदृढीकरण र कुशल व्यवस्थापनका लागि स्तरीकरण र स्थिरीकरणकोष र्निविकल्प भएको प्रस्ट्याउँदै स्थिरीकरण कोषमा योगदान रकम जम्मा गर्न सम्पूर्ण साकोसहरुलाई अनुरोध गर्नुभएको थियो । 

उपाध्यक्ष शान्ति अधिकारीले उच्च स्तरको लेखा व्यवस्थापन तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनका क्रममा कार्यान्वयमा ल्याउन अनुरोध गर्दै प्राप्त ज्ञान सीपबाट साकोसको कुशल व्यवस्थापन र सुदृढीकरणमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेफ्स्कूनले अगाडि सारेको स्तरीकरण कार्यक्रमले साकोसलाई वित्तीय ढंगले सुरक्षित र सन्तुलित बनाउन सहयोग गर्ने र स्थिरीकरण कोषले साकोसमा पर्न सक्ने सम्भावित दुर्घटनाबाट सुरक्षा प्रदान गर्ने भएकोले साकोसहरु स्तरीकरण कार्यक्रममा र स्थिरीकरणकोषमा अनिवार्य रुपमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । 

तालिममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट गरी २० बचत तथा ऋण सहकारी संस्थाका २२ जना लेखा अधिकृत एवं लेखापाल कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

५ दिवसीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र अनुगमन अधिकृत दिपक अर्यालले गर्नुभएको थियो । तालिम कार्यक्रम सञ्चालन सहजीकरण बनेपा फिल्ड कार्यालय इन्चार्ज राम प्रसाद सापकोटाले गर्नुभएको थियो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१० घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप