उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सम्पन्न

बनेपा । नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा काभ्रेको बनेपामा सञ्चालित  उच्चस्तरीय लेखा व्यवस्थापन तालिम हिजो सम्पन्न भएको छ । तालिम समापन समारोहमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यल प्रमुख व्यक्ति र उपाध्यक्ष शान्ति अधिकारी विशेष व्यक्तिको रुपमा रहनुभएको थियो भने नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना पनि सहभागी हुनुहुन्थ्यो । 

नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले मर्यादित, व्यावसायिक र सुशासनयुक्त सहकारी निर्माणमा प्रविधि प्रयोगको औचित्यतामाथी प्रकाश पार्दै अबको सहकारी अभियान पूर्णतः डिजिटाइज हुनुपर्नेमा जोड दिनुभएको थियो । वित्तीय कारोबारको दिगोपना र संस्थाको दिगोपनाको लागि सहकारीलाई डिजिटलाईजेशन गर्नुपर्नेमा उहाँको जोड थियो । आधुनिक प्रविधिको आधारमा प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापन गर्न सकिने भएकोले नेफ्स्कूनले एकीकृत प्रविधि निर्माण गरिरहेको र त्यसमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्नुभएको थियो । त्यसैगरी साकोसको सुदृढीकरण र कुशल व्यवस्थापनका लागि स्तरीकरण र स्थिरीकरणकोष र्निविकल्प भएको प्रस्ट्याउँदै स्थिरीकरण कोषमा योगदान रकम जम्मा गर्न सम्पूर्ण साकोसहरुलाई अनुरोध गर्नुभएको थियो । 

उपाध्यक्ष शान्ति अधिकारीले उच्च स्तरको लेखा व्यवस्थापन तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनका क्रममा कार्यान्वयमा ल्याउन अनुरोध गर्दै प्राप्त ज्ञान सीपबाट साकोसको कुशल व्यवस्थापन र सुदृढीकरणमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेफ्स्कूनले अगाडि सारेको स्तरीकरण कार्यक्रमले साकोसलाई वित्तीय ढंगले सुरक्षित र सन्तुलित बनाउन सहयोग गर्ने र स्थिरीकरण कोषले साकोसमा पर्न सक्ने सम्भावित दुर्घटनाबाट सुरक्षा प्रदान गर्ने भएकोले साकोसहरु स्तरीकरण कार्यक्रममा र स्थिरीकरणकोषमा अनिवार्य रुपमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । 

तालिममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट गरी २० बचत तथा ऋण सहकारी संस्थाका २२ जना लेखा अधिकृत एवं लेखापाल कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

५ दिवसीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र अनुगमन अधिकृत दिपक अर्यालले गर्नुभएको थियो । तालिम कार्यक्रम सञ्चालन सहजीकरण बनेपा फिल्ड कार्यालय इन्चार्ज राम प्रसाद सापकोटाले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप