तालिमले कर्मचारी भित्रको व्यावसायिक क्षमतामा निखारता ल्याउँछ: बरिष्ठ उपाध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तालिमले कर्मचारी भित्रको व्यावसायिक क्षमतामा निखारता ल्याउँछ: बरिष्ठ उपाध्यक्ष ढकाल

रुपन्देही । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देही अन्तर्गतको भुमहि सेवा केन्द्रको आयोजनामा नवलपरासीमा बजार प्रतिनिधिको दुई दिने क्षमता विकास तालिम संञ्चालन भएको छ ।

तालिमको उदघाट्न सत्रको अध्यक्षता नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति रुपन्देहीका आमन्त्रीत सदस्य एवं जिल्ला बचत संघ नवलपरासीका अध्यक्ष राजन आचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख व्यक्तिको रुपमा रहनु भएको थियो । 

कार्यक्रमका प्रमुख व्यक्ति ढकालले संस्थाका उत्पादन तथा सेवाहरुको पूर्ण ज्ञान बोकेर मात्र बजारमा जानु पर्ने धारणा राख्नु भयो साथै यस तालिमले बजार प्रतिनिधिमा निखारता ल्याउने  विश्वास व्यक्त गर्नु भयो । साथै रोजगारीको लागि राम्रा संस्था चाहार्ने भन्दा पनि आफु कार्यरत संस्थालाई राम्रो बनाए मात्र स्थायित्व हुने धारणा राख्नु भयो । 

उक्त कार्यक्रमको अतिथिहरुमा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य रविन्द्र विक्रम हमाल, नेफ्स्कून सदस्य सेवा उप समिति सदस्य लेखनाथ खरेल, तालिम अधिकृत सुमन घिमिरे रहनु भएको थियो । 

उप समिति सदस्य खरेलले देशको अर्थतन्त्र प्रतिकूल अवस्थामा रहेकाले पनि बजार प्रतिनिधिहरुले संस्था र सदस्य बीच सुमधुर सम्बन्ध कायम गर्न भुमिका खेल्नुपर्ने धारणा राख्नु भएको थियो । त्यस्तै फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य हमालले बजार प्रतिनिधिको व्यवहार र सेवा प्रवाहमा संस्थाको छवि जोडिने भएकोले कर्मचारीमा प्रभावकारी रुपमा कार्य सम्पादन गर्न धार लगाउने काम यस तालिमले गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमका अध्यक्ष आचार्यले कामको प्रकृतिका आधारमा अग्रभागमा रहेर काम गर्ने भएकोले पनि सहकारीको संरचनागत जानकारी समेत राख्ने, संस्थागत गोपनियता कायम राख्ने र मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने धारणा राख्नु भयो ।

तालिममा नवलपरासीका विभिन्न २५ वटा संस्थाका ४१ जना बजार प्रतिनिधिको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने उक्त तालिमको सहजिकरण संघका तालिम अधिकृत सुमनराज घिमिरे र रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नुभएको छ ।

उद्घाटन सत्रमा फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य रविन्द्र विक्रम हमालले स्वागत मन्तव्य, फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले सञ्चालन र भुमहि सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटले व्यवस्थापन सहजीकरण गर्नुभएको थियो ।

 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप