तालिमले कर्मचारी भित्रको व्यावसायिक क्षमतामा निखारता ल्याउँछ: बरिष्ठ उपाध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तालिमले कर्मचारी भित्रको व्यावसायिक क्षमतामा निखारता ल्याउँछ: बरिष्ठ उपाध्यक्ष ढकाल

रुपन्देही । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देही अन्तर्गतको भुमहि सेवा केन्द्रको आयोजनामा नवलपरासीमा बजार प्रतिनिधिको दुई दिने क्षमता विकास तालिम संञ्चालन भएको छ ।

तालिमको उदघाट्न सत्रको अध्यक्षता नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति रुपन्देहीका आमन्त्रीत सदस्य एवं जिल्ला बचत संघ नवलपरासीका अध्यक्ष राजन आचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख व्यक्तिको रुपमा रहनु भएको थियो । 

कार्यक्रमका प्रमुख व्यक्ति ढकालले संस्थाका उत्पादन तथा सेवाहरुको पूर्ण ज्ञान बोकेर मात्र बजारमा जानु पर्ने धारणा राख्नु भयो साथै यस तालिमले बजार प्रतिनिधिमा निखारता ल्याउने  विश्वास व्यक्त गर्नु भयो । साथै रोजगारीको लागि राम्रा संस्था चाहार्ने भन्दा पनि आफु कार्यरत संस्थालाई राम्रो बनाए मात्र स्थायित्व हुने धारणा राख्नु भयो । 

उक्त कार्यक्रमको अतिथिहरुमा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य रविन्द्र विक्रम हमाल, नेफ्स्कून सदस्य सेवा उप समिति सदस्य लेखनाथ खरेल, तालिम अधिकृत सुमन घिमिरे रहनु भएको थियो । 

उप समिति सदस्य खरेलले देशको अर्थतन्त्र प्रतिकूल अवस्थामा रहेकाले पनि बजार प्रतिनिधिहरुले संस्था र सदस्य बीच सुमधुर सम्बन्ध कायम गर्न भुमिका खेल्नुपर्ने धारणा राख्नु भएको थियो । त्यस्तै फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य हमालले बजार प्रतिनिधिको व्यवहार र सेवा प्रवाहमा संस्थाको छवि जोडिने भएकोले कर्मचारीमा प्रभावकारी रुपमा कार्य सम्पादन गर्न धार लगाउने काम यस तालिमले गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमका अध्यक्ष आचार्यले कामको प्रकृतिका आधारमा अग्रभागमा रहेर काम गर्ने भएकोले पनि सहकारीको संरचनागत जानकारी समेत राख्ने, संस्थागत गोपनियता कायम राख्ने र मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने धारणा राख्नु भयो ।

तालिममा नवलपरासीका विभिन्न २५ वटा संस्थाका ४१ जना बजार प्रतिनिधिको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने उक्त तालिमको सहजिकरण संघका तालिम अधिकृत सुमनराज घिमिरे र रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नुभएको छ ।

उद्घाटन सत्रमा फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य रविन्द्र विक्रम हमालले स्वागत मन्तव्य, फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले सञ्चालन र भुमहि सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटले व्यवस्थापन सहजीकरण गर्नुभएको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप