ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सञ्चालन

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्धन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा साकोस कर्मचारीहरुका लागि ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम हिजो सम्पन्न भएको छ ।

भक्तपुरमा संघका कोषाध्यक्ष एवं उपसमितिका संयोजक कान्छाभक्त घजुले संघको मुख्य काम तालिम शिक्षा, अन्तरलगानी र अभियान भएको बताउदैं बचत तथा ऋण सहकारीको मुख्य सम्पत्ती ऋण लगानी भएकाले सुरक्षित लगानीको आवश्यकता औल्याउनु भयो । सहकारीमा ऋणको कानुनी प्रक्रिया र धित्तोको सहि मुल्यांकन हुन नसक्दा हुने जोखिम न्यूनिकरणका लागि तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

अतिथि महानगरीय प्रहरी बृत्त ठिमीका डि. एस. पी. हरिनन्दन चौधरीले सहकारी संस्थाहरुमा चोरीको घट्ना बढेको बताउदैं चोरी हुन नदिन सहकारी संस्था सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीको भौतिक सम्पत्ती, फाइल, साइबर, भल्ट, काउन्टर लगायतको सुरक्षाका लागि अपनाउनुपर्ने सुरक्षात्मक उपाय र सावधानीहरुबारे जानकारी गराउनुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघका सदस्य संस्थाहरुको संस्थागत विकास, सञ्चालक र कर्मचारीको क्षमता अभिवृद्धि हुने तालिम तथा कार्यक्रम संघले निरन्तर सञ्चालन गर्दै आएको बताउदैं सिकेका कुराहरु व्यवहारमा उर्तानुपर्नेमा जोड दिनुभयो । सहजकर्ता इन्जिनियर युवराज ढकालले बचत तथा ऋण कारोबार गर्ने सहकारीको लागि धितो मुल्यांकनबारे जानकारी राख्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

सहभागी उदय बचत तथा ऋण सहकारी संस्था लि.का शिवराम बोहजुले तालिमले पुन ताजकिकरण गर्नुका साथै नयाँ कुरा सिक्न उर्जा थपेकोमा खुसी व्यक्त गर्दै तालिमको निरन्तरताका साथै विषय विज्ञहरुबाटै तालिम सञ्चालनमा जोड दिनुभयो । उपसमितिका सदस्य राजाराम गोसाईले कार्यक्रम संचालन गर्नुभएको थियो । तालिममा सदस्य संस्थामा कार्यरत ५० जना ऋण संयोजक एवम् ऋणमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम चैत्र २२ र २३ दिन सञ्चालन भएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप