नेकोसप्लस सफ्टवेयर तालिम  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेकोसप्लस सफ्टवेयर तालिम  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दिबास । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा सञ्चालित नेकोसप्लस सफ्टवेयर सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम बर्दिबासमा शनिबार सम्पन्न भएको छ । तालिममा सिराह, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौताहट क्षेत्रमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाबाट करिब ३६ जनाको सहभागिता रहेको थियो । 

संघले उत्पादन गरेको सफ्टवेयर प्रयोग गरिरहेका र प्रयोग गर्न लागेका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि लक्षित तालिम जेठ १९ र २० गते सञ्चालन भएको थियो । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले उद्घाटन गर्नुभएको तालिम सत्र शुभारम्भ कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक सदस्य एवम् मधेश प्रदेशका संयोजक हरेराम प्रसादले गर्नु भएको थियो ।

कोषाध्यक्ष पनेरुले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारालाई प्राथमिकतामा राखेर यो युग प्रविधिको युग भएकाले सबै सहकारी संस्थाहरुले सफ्टवेयर सिस्टम जडान गर्नु पर्नेमा जोड दिनुभयो । यसका साथै बचत तथा ऋण सहकारीको एक मात्र केन्द्रीय संघ नेफ्स्कूनले सञ्चालनमा ल्याएको सफ्टवेयर नै सहकारीहरुका लागि सबै भन्दा सजिलो, विश्वसनिय, सुरक्षित हुने र आफैले तिरेको नविकरण शुल्कको केही अंश संस्थामा फिर्ता हुने भएकाले साकोसहरुको लागि यस सफ्टवेयरको विकल्प नरहेको र अभियानको आफ्नै स्वावित्वको सफ्टवेयर रहेको समेत बताउनु भयो ।  

सभाध्यक्ष हरेराम प्रसादले कार्यक्रममा स्वागत मन्तब्य राख्दै उपस्थित सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो । प्रविधिमा पुर्णता नहुने र समय समयमा प्रविधिक विकास अध्यावधिक भईरहने भएकाले नेकोसप्लस सफ्टवेयर सम्पूर्ण साकोसहरुले प्राथमिकतामा राखि साकोसहरुका हिसाब किताब सुरक्षित पार्दै प्रविधिमैत्री ढंगले अघि बढ्न सुभेक्षा प्रदान गर्नु भएको थियो ।

तालिममा उपस्थित साकोसका प्रविधि संचालन गर्न आएका प्रतिनिधिहरुलाई स्वागत मनतव्य सहित सहजिकरण नेफ्स्कून सुचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नु भएको थियो भने तालिमको सञ्चालन तथा व्यवस्थापन फिल्ड कार्यालय सर्लाहीका  प्रमुख महेश बरालले गर्नु भएको थियो ।

तालिमको दोस्रो दिन पहिलो सेशन आई एम इ लाइफ इन्स्यूरेन्स कम्पनीको रहेको थियो जसमा इन्स्यूरेन्स, रेमिट का कुराहरु समेटिएको थियो । साथै दोस्रो सेशन मा नेकोसप्लस सफ्टवेयर प्रयोग कर्ता संस्थाका व्यवस्थापन प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । 

अन्तरक्रियाको क्रममा सफ्टवेयर सञ्चलानका दौरानमा आइपरेका समस्याहरु र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा सहजिकरण र साकोसहरुबाट आएका जिज्ञासाहरुको बारेमा साझेदार निकाय जिनोब इन्क प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजिव कर्णले प्रष्ट पार्दै आगामी दिनहरुमा नेकोस प्लसको स्त्तरोन्नती गर्दै लैजाने प्रतिवद्घता व्यक्त गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजिकरण सूचना प्रविधि शाखा प्रमुख राजन सुवेदी, फिल्ड कार्यालय सुनसरीका सूचना प्रविधि सहायक मिलन कोइरालाले गर्नु भएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप