काठमाडौं । सहकारी विभागको आयोजनामा आज नियामक निकायका कर्मचारी तथा पदाधिकारीहरुसँग सहकारी सुशासन, नियमन र प्रवर्धन सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितको अध्यक्षतामा आयोजित गोष्ठीका प्रमुख व्यक्ति भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ हुनुहुन्थ्यो ।
सहकारी क्षेत्रको नियमन र प्रवर्धन गर्ने उद्देश्यसहित सातै प्रदेशका प्रदेश र पालिका बाट सहकारीका नियामक प्रतिनिधिसम्मिलित गोष्ठीमा संघीय सहकारी मन्त्रालयका सचिव राम प्रसाद थपलिया, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, संघीय उपरजिष्ट्रार टोलराज उपाध्याय लगायत विभागका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सहकारी मन्त्री शशी श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । ‘सहकारीले उत्पादनमूलक क्षेत्रमा जोडदिनुपर्छ, जबसम्म सहकारी उत्पादनमा जाँदैन तबसम्म समृद्धिको सपना पुरा हुँदैन’ उहाँले भन्नुभयो । सहकारी क्षेत्र व्यापक छ, यसको विकास र प्रवर्धनका लागि अव अनुगमनको क्षेत्र फराकिलो बनाउन पनि नियामक निकायका प्रतिनिधिहरु समक्ष आव्हान गर्नुभयो । हामी बजेट निर्माणको प्रक्रियामा छौं, सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि के गर्नुपर्छ त्यसमा पनि प्रतिबद्ध छौं उहाँले जोड्नुुभयो ।

सचिव राम प्रसाद थपलियाले सहकारी क्षेत्रमा नियमनको मुख्य भूमिका संघको रहने साथै विकास र प्रवर्धमा भने प्रदेश र पालिका तह बढी क्रियाशिल बन्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले तहगत रुपमा ऐनमा एकरुपता आवश्यक पर्ने धारणा राख्दै बाझिएका ऐन संशोधनका लागि पहलगर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशमा सहकारी ऐन जारी हुने क्रम छ, बाझिएका ऐनमा एकरुपता ल्याउन तीनवटै तहबीचमा समन्वय जरुरी रहेको उहाँले जोड्नुभयो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी सुशासनका लागि आन्तरिक स्वनियमन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नियमनका चरणहरुको व्याख्या गर्दै सहकारीको प्रवर्धनमा स्वनियमन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘नियमनको काम संघीय विभागमा रहनुपर्छ, प्रदेश र पालिका तहले सहकारीको प्रवर्धनमा र विकासका काम गर्ने हो ।’ उहाँले जोड्नभयो । विश्व ऋण परिषद–ओकुले Challenge 2025 भनेर विश्वव्यापी रुपमा घोषणा गरेको प्राविधिक आयामको चर्चा गर्दै अध्यक्ष पौड्यालले सहकारीमा प्रविधि प्रयोगको व्यापकतालाई प्रदेश र पालिका तहमा सम्बोधन गरिनुपर्ने बताउनुभयो ।
गोष्ठीमा सहभागी संघ, प्रदेश र पालिका तहका रजिष्ट्रार, उपरजिष्ट्रार, सहकारी प्रमुख लगायतबाट ४ समूह विभाजन गरी अन्तरक्रिया भएको थियो । संघीय विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथी मन्त्रालयका उपसचिव र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले टिप्पणी गर्नुभएको थियो ।
२० घण्टा अगाडि
२० घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
११ दिन अगाडि
३ दिन अगाडि
२० घण्टा अगाडि
२० घण्टा अगाडि
१४ दिन अगाडि