‘नेशनल युथ फोरमः कोअपरेटिभ अन्ट्रप्रेनियरसीप-२०२२’ काठमाडौंमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेशनल युथ फोरमः कोअपरेटिभ अन्ट्रप्रेनियरसीप-२०२२’ काठमाडौंमा सुरु

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि.नेपालको आयोजनामा आजबाट काठमाडौंमा २ दिने ‘नेशनल युथ फोरमः कोअपरेटिभ अन्ट्रप्रेनियरसीप -२०२२’ सुरु भएको छ । सहकारीलाई प्रविधि र उत्पादनसँग जोड्नुपर्ने बहस चलिरहेको बेला महासंघले यस वर्षको राष्ट्रिय सहकारी दिवसको आदर्श वाक्य ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ लाई समेत सहयोग पुग्ने गरी युवाहरुलाई सहकारी माध्यमबाट प्रविधि र उद्यमशीलताको तिर्खा जगाउन फोरम आयोजना गरेको हो । फोरमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।

महासंघका सञ्चालक एवम् युवा समन्वय उपसमितिका संयोजक सागर ढकालको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशब प्रसाद बडाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष मित्रराज दवाडी, महासंघका अध्यक्ष मिनराज कडेल, बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ सुब्बा लगायत देशभरबाट साढे २ सय बढी युवा सहकारीकर्मीहरुको सहभागिता छ ।

फोरममा प्रमुख अतिथि मन्त्री पौडेलले युवाहरुमार्फत नै भौतिक र मानसिक समृद्धि हासिल गर्न सकिने दाबी गर्दै त्यसको साधन सहकारी हुने विश्वास व्यक्त गर्नुभयो । सहकारीको बलियो पुँजी र जनशक्तिलाई उद्यमशीलता तथा रोजगारीमार्फत मुलुकको समृद्धितर्फ लान सकिने भन्दै उहाँले त्यसका लागि नीतिगत तथा कानुनी अड्चन समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘समृद्धिको बाटोमा हिड्ने अब युवा नै हो' मन्त्री पौडेलले भन्नुभयो, ‘युवाहरुको काँधमा मुलुकको समृद्धिको जिम्मेवारी आएको छ । तपाईहरु अघि बढ्नुस हाम्रो साथ र सहयोग रहनेछ ।’ उहाँले हिजोको युवाले राजनीतिक अधिकार प्राप्तिमा भूमिका खेलेको भन्दै अबको युवाले आर्थिक र मानसिक समृद्धिमा योगदान पुर्याउनुपर्ने धारणा राख्नुभयो । मुलुकमै प्रचुर सम्भावनालाई विदेशीहरुले देखेको तर नेपालीहरु स्वयंले नदेखेको भन्दै युवाहरुलाई सम्भावना खोज्ने अभियानमा सहकारीलाई सारथी बनाउन उहाँले आग्रह गर्नुभयो । ‘लागिपर्यो भने पुँजी जुट्छ, ‘मन्त्री पौडेलले भन्नुभयो, ‘युवाहरुमा इच्छाशक्ति, जागरुकता, क्रियाशीलता र अनुशासन आवश्यक छ, बाँकी अड्चनहरुले रोक्न सक्तैन ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थपलियाले ‘कन्फ्लिक्ट’ र ‘कोभिड’ सँग जुधेका हामीहरु अब ‘क्लाइमेट चेन्ज’ को सामना गर्नुपरिरहेको तर्क गर्दै युवाहरु सहकारीमार्फत दिगो विकासको लक्ष्य हासिल गर्ने तर्फ जोडिनुपर्ने बताउनुभयो । जमीन, श्रम, पुँजी र उद्यमशीलताको उचित सम्मिश्रणले नै समृद्धि हासिल हुने भन्दै सचिव थपलियाले सहकारीले श्रम र रोजागरीलाई जोड दिनुपर्ने समय आएको बताउनुभयो । सहकारी क्षेत्रलाई अझ राम्रो बनाउन वातावरण तयार गर्ने काममा सरकार सहयोगी बन्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेल, पूर्व अध्यक्ष केशब बडाल, बोर्डका सह अध्यक्ष मित्रराज दवाडी, महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सभाध्यक्ष सागर ढकाल, महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ् सुब्बा लगायतका वक्ताहरुले युवा, उद्यमशिलता तथा रोजगारीमा जोड दिदैं सहकारीमा युवाहरुलाई भित्राई समृद्धिसँग जोडिएका मेगा अभियान सञ्चालन गरिनुपर्ने र त्यसको लागि कानुनी वातावरण निर्माणमा सरकारको सहजीकरण आवश्यक हुने तर्क राख्नुभयो । सबैको मन्तव्यको निचोड थियो –युवा आँट र उर्जालाई सहकारीमा खन्याउँदै मुलुकलाई समृद्ध बनाउनुपर्छ । सम्मेलनको पहिलो सत्र समापनसँगै हाल दोस्रो सत्र अन्तर्गत विभिन्नक कार्यपत्रहरु प्रस्तुतिको कार्यक्रम रहेको छ । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप