काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि.नेपालको आयोजनामा काठमाडौंमा आजबाट सुरु २ दिने ‘नेशनल युथ फोरमः कोअपरेटिभ अन्ट्रप्रेनियरसीप–२०२२’ का कार्यपत्र प्रस्तोताहरुले युवा र उद्यमशीलतालाई केन्द्रविन्दुमा राखेर सहकारीमार्फत समृद्धि हासिल गर्न सकिने सम्भावना व्यक्त गर्नुभएको छ ।
सहकारीमा उद्यमशीलताको आवश्यकता उठान गर्दै उहाँहरुले त्यसको आधार युवा जोश, जागर र उर्जा भएको दाबी गर्नुभयो । युवावयको उर्जा, जोश र ‘केही गरौं’ भन्ने भावनालाई सहकारीमार्फत व्यावहारिक परिणति दिनुपर्ने र त्यसका लागि नीतिगत तथा कानुनी बाधाहरुलाई महासंघ र अभियानको बहसपैरवीले फुकाउनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
पहिलो दिन अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले समृद्धितर्फको यात्राः युवा तथा उद्यमशीलता तथा नेपाल उद्योग वाणिज्य महासंघकाका उद्यमशिलता विकास विज्ञ एवम् सल्लाहकार गोविन्द घिमिरेले नेपालमा युवा तथा उद्यमशिलताः सम्भावना तथा चुनौतीहरु विषयक दुई कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
दुवै कार्यपत्रहरुले सम्भावना र चुनौतीका पक्ष समेट्दै सहकारीमार्फत उद्यमशीलता, नवप्रवर्तन तथा प्रविधिमा काम गर्न युवा मस्तिष्कको प्रयोग सहकारीले गर्नुपर्नेमा जोड दिएका थिए । कार्यपत्रका सम्बन्धमा उठेका जिज्ञासाहरुको पनि सम्बोधन प्रस्तोताहरुले गर्नुभएको थियो भने महासंघसँग सम्बन्धित प्रश्नहरुको जवाफ दुई सत्रहरुको अध्यक्षता गर्नुभएका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र उपाध्यक्ष रमेश पोखरेलले दिनुभएको थियो । कार्यक्रममा करिब ३ सय जनाको सहभागिता थियो ।
भोलिको सत्रमा नेपाल सरकारका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘प्रविधि, नवप्रवर्तन तथा सामाजिक उद्यमशीलता’ विषयमा र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोकाले ‘सहकारी क्षेत्रमा आर्दश व्यवसाय र सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुति गर्ने कार्यतालिका छ । यसैगरी, अन्य केही वक्ताहरुले सहकारीमार्फत उद्यमशीलता तथा युवा सफलताका कथाहरु पनि सुनाउने कार्यक्रम छ ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि