ज्योतिपुञ्ज साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम; वृहत् रक्तदान एवम् स्वास्थ्य उपकरण सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योतिपुञ्ज साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम; वृहत् रक्तदान एवम् स्वास्थ्य उपकरण सहयोग

ललितपुर । नजिकिदैं गरेको नयाँ वर्ष २०७९ को उपलक्ष्यमा ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को ललिलपुरस्थित लुभू सेवा केन्द्रले आज वृहत् रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । ज्योतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाई रहनुभएको थियो भने जिल्लास्थित सहकारी संघ संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा सहभागी हुनुभएको थियो । ज्योतिपुञ्ज साकोसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई केही स्वास्थ्य उपकरण समेत सहयोग स्वरुप उपलब्ध गराएको छ । कार्यक्रममा ४० जनाले रक्तदान गर्नुभएको साकोसले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले ज्योतिपुञ्ज साकोसले प्राप्त गरेको सफलता सबैका लागि उदाहरणीय भएको भन्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई पनि सँगै अघि बढाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले संस्थाको थप सफलता तथा उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । साकोसका अध्यक्ष नवराज कार्कीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्तो जीवनदान कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य केन्द्रलाई सहयोग गर्न पाएकोमा उक्त विषयलाई संस्थाको सफलतासँग जोडेर हेर्नुभयो ।

अध्यक्ष कार्कीले ११ वर्षअघि स्थापित ज्योतिपुञ्ज साकोसले 'समृद्धिका लागि सहयात्रा' भन्ने मुल नारा लिएर अविच्छिन्न सदस्य सेवा प्रवाह गर्दै आएको भन्दै सदस्य सन्तुष्टिनै संस्था सफलताको मापक भएको उल्लेख गर्नुभयो । काठमाडौंको नयाँ बानेश्वर केन्द्रीय कार्यालय रहेको ज्योतिपुञ्ज साकोसको ललितपुरको कुमारीपाटीमा पहिलो, काठमाडौंको गोठाटारमा दोस्रो र ललितपुरको लुभुमा तेस्रो सेवा केन्द्र सञ्चालनरत छन् । वित्तीय कारोबारका अतिरिक्त ज्योतिपुञ्ज साकोसले  'सदस्यसँग ज्योतिपुञ्ज' अभियान अन्तर्गत तालिम तथा शिक्षा, सहकारी अवलोकन भ्रमण, चाडपर्व उत्सव लगायतका इन्द्रेणी कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष कार्कीले दाबी गर्नुभयो । कार्यक्रममा साकोसकी प्रबन्धक रञ्जु कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप