‘जागिर छोड्नु करियरको टर्निङ प्वोइन्ट थियो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘जागिर छोड्नु करियरको टर्निङ प्वोइन्ट थियो’

चन्द्र ढकाल
बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

विगतको कुरा गर्दा बागलुङको दुर्गम ठाउँबाट काठमाडौं आएको हुँ । गाउँबाट दिनभरि हिडेपछि मात्र मोटर चढ्ने ठाउँसम्म पुगिन्थ्यो त्यसबेला । एउटा निम्न बर्गीय ग्रामिण परिवेशबाट हुर्किएको हुँ । मेरो व्यावसायिक पृष्ठभूमि पनि होइन । मातापिताका ४ सन्तानमध्ये जेठो हुँ । करिब १६ वर्ष हुँदा बुबाको देहान्त भयो । उसै त कमजोर आर्थिक अवस्था, त्यसमाथि अभिभावक बुबाको निधन पछि अवस्था जन कठिन भयो, जुन यहाँहरु सबैले सहजै अनुमान लगाउन सक्नुहुन्छ । परिवारको भरणपोषको जिम्मेवारी बहन गर्नुपर्यो । गाउँमा बस्दा म  डोको नाम्लो बोक्ने बनाउने आदि सबै काम गर्थे । 

त्यस बेलाको मेरो महत्वाकांक्षी उद्देश्य भाइबहिनीहरुलाई पढाउने, आमाको हेरबिचार गर्ने र आफुले पनि शिक्षा लिएर रोजगारी गरी घरपरिवारलाई सहयोग गर्ने थियो । आज सुन्दा सामान्य लागेपनि त्यो समय मेरो लागि त्यो महत्वाकांक्षी उद्देश्य थियो ।

काठमाडौं आएको केही समयपछि राष्ट्रिय वाणिज्य बैंक विशाल बजारमा सहायक स्तरमा जागिर खाने अवसर प्राप्त गरेँ । बडो मुस्किलले जागिर पाएको थिएँ । जागिर परिवार पालनको टेको थियो । जागिर खाँदै गर्दा पनि मलाई व्यावसायिक सोच पलाएको थियो । त्यसबेला गार्मेन्ट, कार्पेट, गलैचा आदिको व्यापार व्यवसाय निक्कै फस्टाएको थिए । मैले पनि व्यवसायको सोच बनाएँ । त्यसबेला बैंकले अधिकृत भन्दा कनिष्ठ कर्मचारीलाई सहुलियतमा ऋण उपलब्ध गराउदथ्यो । मैले पनि करिब १३ लाख रुपैयाँ ऋण मागसहित निवदेन दिएँ । प्रक्रिया अघि बढ्यो । पछि मेरो म्यानेजरले ‘तपाई त जागिरे कर्मचारी, तपाईलाई किन व्यवसाय गर्न ऋण चाहियो ? कि जागिरबाट राजीनामा दिनुस् कि व्यवसाय छोड्नुस’ भन्नुभयो । म किंकर्तव्यबिमूढ भएँ । मलाई जागिर पनि त्यतिकै प्यारो थियो भने सँगै व्यवसायमा पनि हात हाल्नु थियो । त्यो दिन मलाई पैसा नभइ भएको थिएन । व्यवसायको प्रक्रिया अघि बढाउन मैले ऋण निकाल्नै पर्ने थियो । मैले रकम उपलब्ध गराउने वाचा गरिसकेको थिए । वचन तोड्नु हुन्न बरु अर्को विकल्प रोज्छु भन्ने लाग्यो । अन्ततः जागिर छोड्ने निर्णय गरेँ । सायद त्यस बेला त्यो कठिन निर्णय नगरेको भए आज म तपाईहरुले चिन्ने चन्द्र ढकाल हुन्न थिए होला । सायद त्यो निर्णय नै मेरो व्यावसायिक ‘करियर’ को ‘टर्निङ प्वोइन्ट’ थियो भन्ने अहिले सम्झदा लाग्छ । 

म सकारात्मक सोच राख्ने व्यक्ति भएका कारण पनि हुनसक्छ हरेक चीजमा सम्भावना मात्र देख्छु । नेपालमै उद्यम र रोजगारीका अवसर छन् भन्ने लाग्छ । डाँडाकाँडा देख्यो भने पर्यटनको सम्भावना देख्छु । एक पटक एक जना बिशिष्ट राजनीतिक नेतासँगै हेलिकप्टरबाट घुम्ने अवसर पाएँ । त्यतिबेला चन्द्रागिरी केबलकार बनिरहेको समय थियो । एउटा डाँडोमा पुग्दा मैले उहाँलाई ‘ओहो, यो त चन्द्रागिरी जस्तो केबलकार बनाउन गज्जबको ठाउँ रहेछ’ भनेँ । उहाँले ठट्यौली गर्दै ‘तपाईले त डाँडाकाँडा देख्नै नहुने भयो हगि ?’ भन्नुभएको सम्झन्छु । अहिले हामीले सात वटै प्रदेशमा चन्द्रागिरी केवलकार जस्तै प्रोजेक्ट निर्माण गर्दैछौं । गैडाकोट र बुटवलमा निर्माण सुरु भैसकेको छ ।

मेरो समुहले गरेका लगानी तथा व्यवसायमा स्थानीय लगानीकर्ताहरुलाई पनि जोड्छौं । यो हाम्रो विशेषता पनि हो भन्ने लाग्छ । कुनै पनि स्थानमा उद्योग व्यवसाय स्थापना गर्दा स्थानीयहरुलाई पनि सामेल गराउनुपर्छ, यसले उनीहरुलाई पनि अपनत्वको भावना पैदा हुन्छ भन्ने हाम्रो मान्यता हो । त्यसैगरी, स्थानीय उत्पादनहरुको विकास र प्रवर्धनमा पनि हामी जोडिएका छौं । जहाँ जे सम्भावना वा स्रोत त्यहाँ त्यसको अधिकतम प्रयोग गरी उद्योग व्यवसायसँग जोड्ने ।

वास्तवमा भन्ने हो भने हाम्रो अहिलेको अवस्था भन्ने हो भने उद्योग व्यवसायले दक्ष जनशक्ति पाएको छैन, मानिसहरुले रोजगारी पाएका छैनन । यी दुई बीच तादात्म्य मिलाउन सक्नुपर्छ । हाम्रो पहल त्यही दिशातर्फ हो ।

अर्को कुरा, कतिपयलाई लाग्दो हो चन्द्र ढकालले जुन व्यवसाय वा काममा हात हाल्यो, सधै र सहजै सफलता प्राप्त गर्दछ भनेर । तर त्यसो होइन । मैले वा मेरो समूहले पनि थुप्रै असफलता बेहोरेको छ । अनगिन्ती असफलताका कथाहरु पनि छन् केही सफलताका पछाडि ।

अहिले युवा पुस्ताले केही ‘इनोभेनस’ गर्यो भने पुँजी र लगानी अभाव हुँदैन । वित्तीय संस्थाहरु प्रशस्त छन् । ४० वर्षभन्दा अघि त्यस्तो अवस्था थिएन । गाउँबाट काठमाडौं आउने, परिवारको संरक्षण गर्ने कुरा चुनौतीपूर्ण थियो । तर, काममा इमान्दार र लगनशील भयो भने ढिलोचाडो नतिजा आउछ भन्नेमा म विश्वस्त थिए र आज पनि छु । यो आफ्नै जीवनबाट सिकेको पाठ हो । हरेक काममा मिहेनत गर्यौ, इमान्दार भयौ र आम सर्वसाधारणको हितमा काम गर्यौ भने निश्चित रुपमा अपेक्षित नतिजा दिन्छ । तर अहिलेको युवा पिढी अधिर छ, चाँडै नतिजाको अपेक्षा गर्दछ जुन व्यापार व्यवसाय र उद्यममा हुँदैन ।

युवाहरु यस्तो 'इनोभेसन' मा लाग्नुपर्छ जसले आमसर्वसाधारणलाई फाइदा पुगोस्, त्यो सरकारको प्राथमिकतामा परेको काम होस् र मुख्य कुरा त्यो व्यावसायिक होस् । सर्वसाधारणले चाहेको पनि हो र सरकारी प्राथमिकतामा समेत परेको काम तर व्यावसायिक भएन भने  दिगो हुँदैन ।

नेपालमा जताजतै सम्भावना छ । म जहीपनि सम्भावना देख्छु । हरेक क्षेत्रमा ‘अपरच्युनिटी’ छ । समस्याले सम्भावना बोकेर आउँछ । कोभिडले आन्तरिक पर्यटनको सम्भावना बोकेर ल्यायो । अहिले हामी समाचारहरुमा सुन्नदेख्न पाउछौं होटलहरु आन्तरिक पर्यटकले भरिभराउ छन् । यो राम्रो समाचार र संकेत हो । अवसरका ढोकाहरु खुलेका छन् ।

सहकारीमार्फत पनि सम्भावनाको प्रचुरता छ भन्ने सन्देश यस क्षेत्रमा आबद्ध ७३ लाख जनसंख्यासम्म पुर्याउनु जरुरी छ । समृद्धिको यात्रा यही जनसंख्यालाई जोडेर तय गर्न सकिन्छ । सातै प्रदेशमा रहेका सहकारीका सदस्यहरुलाई परिचालन गर्न सकियो भने पूर्वाधार विकासका क्षेत्रमा प्रशस्त काम गर्न सकिन्छ । सहकारीको सातै प्रदेशमा भएको ७३ लाखको सामर्थ्यमार्फत गर्न सकिने धेरै काम छन् ।

सहकारीका माध्यमबाट सामुहिक सहकार्यका माध्यमबाट काम गर्यौ भने छोटो समयमा धेरै गर्न सकिन्छ । त्यसका लागि धीरता, मिहेनत र प्रतिबद्धता खाँचो पर्दछ । सहकारीको सामुहिक प्रयत्नले पूर्वाधार, पर्यटन, जलविद्युत लगायत ठूला आयोजनाहरुमा सफलता हासिल गर्न सकिन्छ । सहकारीसँग सहकार्य गर्न नीजि क्षेत्र तयार छ  । सहकारीमार्फत हुने कुनै पनि व्यावसायिक गतिविधिमा सहकार्यका लागि नीजि क्षेत्र उद्यत छ । उद्यमशीलताको क्षेत्रमा सहकारीसँग मिलेर काम गर्न हामीहरु तयार छौं ।

(राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको 'नेशनल युथ फोरम' को दोस्रो तथा अन्तिम दिन २०७८ चैत २६ गते आफ्नो अनुभव सुनाउने क्रममा ढकालले राख्नुभएको विचारको सम्पादित अंश)

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप