सिद्धि गणेश साकोसका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ एकदिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कार्यक्रमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाको प्रगतिमा सञ्चालक समितिले व्यवस्थापनबाट सकारात्मक नतिजाको धेरै अपेक्षा राख्ने र सो अपेक्षा पुरा गर्नमा तालिमले मद्दत पुर्याउने आशा व्यक्त गर्नुहुँदै तालिमले सदस्यहरुलाई दिने सेवा सुविधामा थप प्रभावकारिता ल्याउने आशा पनि व्यक्त गर्नुभयो । उहाँँले सिद्धि गणेश साकोसले नाफा तथा उच्च लाभांश वितरणलाई भन्दा पनि सदस्य तथा समुदायको आर्थिक स्तर विकासलाई ध्यान राखी कार्य सम्पादन गर्दै आइरहेको दाबी गर्नुभयो । 

तालिम सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले कुनै पनि तालिमले सहभागीहरुलाई मार्गनिर्देश मात्रै गर्ने भएकोले तालिमबाट प्राप्त ज्ञानको कार्यान्वयन तहले मात्र तालिमको सफलता निर्धारण गर्ने भन्दै संस्थाले तालिम मार्फत कर्मचारीहरुमा लगानी गर्ने भएकोले तालिम नतिजामुखी हुनपर्नेमा जोड दिनुभयो ।

संस्थाका वित्त तथा प्रशासन अधिकृतले तालिमको प्रतिवेदन तथा ऋण अधिकृत राजेश लाखाजुले तालिम सम्बन्धि मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरेको समापन कार्यक्रममा संस्थाकी का.मु व्यवस्थापक शिला गोसाईले पनि तालिमका सम्बन्धमा धारणा राख्नुभएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप