सहकारी समर्पणबापत जनसेवाश्रीबाट भोलि विभुषित हुँदै अभियन्ता ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी समर्पणबापत जनसेवाश्रीबाट भोलि विभुषित हुँदै अभियन्ता ढकाल

काठमाडौं । प्रखर सहकारी अभियन्ता एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल नयाँ बर्षारम्भ २०७९ को शुभ दिन जनसेवाश्री पदवीबाट विभूषित हुनुहुँदैछ । सरकारको सिफारिशमा उहाँलाई विभूषण प्रदान गर्ने घोषणा गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो । राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त सम्मान सहकारी अगुवा ढकाललाई प्रदान गर्ने लागिएको हो । राष्ट्रपति भण्डारीबाट बैशाख १ गते शितलनिवासमा आयोजना हुने सुशोभन समारोहमा उहाँलाई विभूषित गरिदैछ । 

सहकारी सेवाको सत्ताइस वर्ष

अबको करिब २ महिनामा ५५ औं जन्मोत्सव मनाउने तयारीमा रहनुभएका अगुवा सहकारी अभियन्ता ढकालको सक्रिय सहकारी जीवन २६ वसन्त पार गर्दैछ । २०५० सालदेखि उहाँ अनवरत सहकारी क्षेत्रमा क्रियाशील अगुवा अभियन्ता हुनुहुन्छ । दीर्घ सहकारी यात्राका क्रममा ढकालले प्रारम्भिक संस्था, नेफ्स्कून र राष्ट्रिय सहकारी महासंघमा आफ्नो विज्ञता खर्चिनुभएको छ ।

महासंघमा सञ्चालक, नेफ्स्कूनको लेखा सुपरिवेक्षण समिति सदस्य, संयोजक, महासचिवको भूमिका निर्वाह गरिसक्नुभएका उहाँ हाल नेफ्स्कूनको बरिष्ठ उपाध्यक्ष एवम् प्रबक्ता हुनुहुन्छ । नेफ्स्कूनको २८ औं वार्षिक साधारण सभाबाट उहाँ निर्विरोध बरिष्ठ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) मा पनि उहाँ सल्लाहकार हुनुहन्छ । निर्भीक र प्रखर स्वभावका धनी ढकाल सांगठनिक कौशलका लागि कहलिनुहुन्छ । सामाजिक र राजनीतिक क्षेत्रमा पनि उहाँको फराकिलो परिचय स्थापित छ । सहकारीप्रति जन चाख हुर्किनसकेको अवस्थामा पनि ढकाल समुदायको सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरणको पर्यायबाची प्रारुप सहकारी बन्न सक्छ भन्ने आत्मविश्वासका साथ लाग्नुभयो । ‘भिजनरी’ ढकालले उर्जाशील उमेर सहकारीलाई समर्पण गर्नुभयो । नतिजा अभियान र आफ्नो यात्रा दुबै अग्लिदो छ ।

सपाट जिवनमा स्वाद नै के छ र ? समस्या र चुनौती उहाँसँग पनि टाँसिन नआएका होइनन् तर सहकारिताको आर्दश र निष्ठाले तिनलाई निमिट्यान्न पार्यो । ‘अझै लामो यात्रा गर्नुछ,’ बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘यात्राका दौरान प्राप्त हुने यी र यस्ता उपलब्धिले भावी चुनौतीहरुको सामना गर्न शक्ति प्रदान गर्छ । यो सम्मानका लागि सरकारप्रति कृतज्ञता व्यक्त गर्दै सहकारी अभियानमा आफ्नो सबै स्रोत, साधन र सामर्थ्य पूर्णत: समर्पण गर्ने प्रण समेत गर्दछु ।’

सहकारीमा लाग्दा पनि आएका अन्य लोभलाग्दा प्रस्तावहरुलाई समेत लत्याएर यसैमार्फत आफु र अभियानलाई उचाइमा उकाल्न सकिन्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो । ‘लाभका पदहरु अफर नभएका होइनन, ’अगुवा अभियन्ता ढकाल भन्नुहुन्छ, ‘तर पनि सहकारी मोहभंग हुन सकेन । यसैबाट अभियान र आफु अग्लिनुपर्छ भनेर आफुलाई डिस्ट्रयाक्ट गरिनँ ।’ सरकारले उहाँलाई बिशुद्ध सहकारी अभियन्ता कै रुपमा जनसेवा श्री पदकबाट विभुषित गर्न लागेको हो । त्यसैकारण पनि ढकाल साँच्चिकै पुलकित हुनुहुन्छ ।

२०२४ साल जेठ २८ गते पाल्पाको साविक देउराली गाविस ४ दम्बक (हालको रिद्धिकोट गाउँपालिका-२) मा जन्मिनुभएका ढकाल नवलपरासी वर्दघाट सुस्ता पश्चिम वर्दघाट नगरपालिका १ माकरका स्थायी बासिन्दा हुनुहुन्छ । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा अस्थानी बसोबास रहेका ढकालको प्रारम्भिक संस्था बर्दघाटस्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. हो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप