पाँचतारा साकोसको १४औं बार्षिकोत्सवः डी.बी.बस्नेतलाई राष्ट्रिय सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँचतारा साकोसको १४औं बार्षिकोत्सवः डी.बी.बस्नेतलाई राष्ट्रिय सम्मान

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंले आफ्नो १४औं बार्षिकोत्सवका अवसरमा नेफ्स्कूनका निवर्तमान अध्यक्ष एव सल्लाहकार डी.बी. बस्नेतलाई पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित गरेको छ । संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा गर्दै आएको सम्मान यो वर्ष नेफ्स्कूनका निवर्तमान अध्यक्ष, सल्लाहकार तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बस्नेतलाई प्रदान गरेको हो ।

आजै संस्थाले गत दुई बर्ष घोषणा भएका सहकारीका शीर्ष व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो । गत वर्ष कोभिडका कारण सम्मान घोषणा मात्र गरिएका दुई व्यक्ति राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाललाई सम्मानित गरिएको थियो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कडेल २०७६ बाट र जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष लिम्बु २०७७ बाट सम्मानित हुनुभएको हो । 

कार्यक्रममा प्रमुख व्यक्ति शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहकारी अभियानका शीर्ष व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो । 

सहकारी अभियानमा लागेर समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा सक्रिय भूमिका खेल्दै आएका सहकारी अभियानका अग्रज व्यक्तिहरुलाई पाँचतारा साकोसले संस्था स्थापनाकालदेखि निरन्तर सम्मान गर्दै आएको साकोसका अध्यक्ष एवं कार्यक्रममा सभाध्यक्ष भोलानाथ पाठकले जानकारी गराउनुभयो ।  

पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित मिनराज कंडेल, डी.बी. बस्नेत र विष्णुकुमारी लिम्बुले सम्मान कार्यक्रमबाट सहकारी अभियानमा थप क्रियाशील हुन प्रेरणाा मिलेको बताउनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि दिपक प्रकास बाँस्कोटा, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, नेफ्स्कूनका पूर्व महासचिव घनश्याम खतिवडा, सहकारी अभियन्ता यज्ञराज ढुंगेल लगायत स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पाँचतारा राष्ट्रिय व्यक्तित्वबाट सम्मानित स्वर्गीय विनोद शाह र कृष्ण गुरूङको स्मरण गरिएको थियो । त्यसैगरी संस्थाले हरेक वर्ष सहकारी दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई नियमित ५ र १० पटक रक्तदान गरेका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा साकोसकी उपाध्यक्ष विजया मल्लले स्वागत मन्तब्य राख्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप