सहकारी अभियन्ता ढकाल जनसेवाश्रीबाट विभूषित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियन्ता ढकाल जनसेवाश्रीबाट विभूषित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल आज जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । गत असोज ४ गते संविधान दिवसको अवसरमा घोषित उक्त विभूषणबाट सहकारी अभियन्ता ढकाल आज सम्मानित हुनुभएको हो । आज बिहान शितलनिवासमा आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ढकाल विभूषित हुनुभएको हो ।  राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने हरुलाई प्रदान गरिने सम्मान सहकारी क्षेत्रबाट अगुवा अभियन्ता ढकाललाई प्रदान गरिएको हो ।

२०५० सालदेखि सहकारी क्षेत्रमा निरन्तर सेवारत ढकाल नेफ्स्कूनका प्रबक्ता समेत हुनुहुन्छ । राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक समेत रहनुभएका उहाँ नेशनल कोअपरेटर्श एलाइन्स नेपालका महासचिव एवम् सूचना चौतारी संचार सहकारी संस्था तथा उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था र कास्कूनका सल्लाहकार, सँगै विभिन्न सहकारीहरुमा स्वयंसेवी भूमिकामा आबद्ध हुनुहन्छ । नेपालमा सहकारी र बिशेषतः बचत तथा ऋण सहकारी अभियानको विकास, प्रवर्धन र सम्बर्धनमा उहाँको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

 बरिष्ठ उपाध्यक्ष ढकालले यो सम्मान सम्पूर्ण सहकारी क्षेत्रको सम्मान भएको प्रतिक्रिया जनाउनुभयो । यसलाई प्रेरणा मानेर अभियानको विकासमा थप उर्जावान् भएर लाग्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गत असोज ३ मा गर्नुभएको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप