बखान संग्रहालय निर्माण सम्पन्न गर्न ७ करोड बढी खर्च लाग्ने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बखान संग्रहालय निर्माण सम्पन्न गर्न ७ करोड बढी खर्च लाग्ने 

काठमाडौं । चितवनको शारदानगरमा निर्माणाधीन बखान संग्रहालयको बाँकी काम सम्पन्न गर्न ७ करोड २० लाख रुपैयाँ लाग्ने भएको छ । गत वर्षसम्म ५ करोड रुपैयाँ भए निर्माण सम्पन्न हुने भनिएपनि आकाशिएको महंगीका कारण खर्च बढ्ने भएको हो । संस्थाका नवनिर्वाचित अध्यक्ष भक्त गुरुङका अनुसार पछिल्लो पटक गरिएको ‘इस्ष्टिमेट’ ले लागत बढ्ने देखाएको हो । नेपाली सहकारी अभियानका संस्थापक स्वर्गीय बखानसिंह गुरुङको योगदानको सम्मानस्वरुप उहाँ लगायत देशको सहकारी अभियान चिनाउने वस्तु, सामाग्री, पुस्तक आदि संग्रहसँगै व्यावसायिकतका लागि तालिम हल, अतिथि गृह आदि बनाउने योजना अनुरुप काम अघि बढेको हो । सहकारी पर्यटनको राष्ट्रिय अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित संग्रहालय निर्माण सुरु गरिएको थियो । तर रकम अभावमा निर्माण कार्य हाल अलपत्र झैं परेको छ ।

बखान बहुउद्देश्यीय सहकारी संस्थाको ४ विगाहा क्षेत्रफल भित्र निर्माण भैरहेको संग्रहालयका लागि हालसम्म ५ करोड रुपैयाँ खर्च भैसकेको छ । उक्त रकमले संरचना बनाउने, छानो छाउने काम भएको छ तर फिनिसिङ लगायत धेरै काम फत्ते गर्न बाँकी छ । १ हजार जना अट्ने ठूलो हल, अतिथि गृह र कार्यालय निर्माणको सोचका साथ संरचना बनाइएपनि थप काम हुन सकेको छैन । संघीय सरकार र केही सहकारीहरुको सहयोगमा ५ करोड रकम प्राप्त भएपनि अरु थप रकमको जोहो हुन सकेको छैन । श्रोत जुटाउने विषयमा बखान बहुउद्देश्यीय सहकारी संस्थाको अगुवाईमा बारम्बार छलफल भएपनि प्राप्तिको सुनिश्चितता भएको छैन ।

पोखरेली सहकारीकर्मी भीम गुरुङ संग्रहालय बन्नुपर्छ भन्दा भन्दा थाकीसक्नुभयो । राष्ट्रिय सहकारी महासंघको अग्रसरता आवश्यक ठान्नुहुन्छ उहाँ । महासंघले बखान संग्रहालयलाई प्याकेज प्राजेक्टको रुपमा हेर्नुपर्छ, ’ गुरुङ भन्नुहुन्छ, ‘ अनि मात्र यो काम सही ढंगमा अघि बढ्छ । महासंघको अगुवाईमा सबैको साथ र सहयोगले यो सम्भव छ ।’ अभियानको शीर्ष निकाय महासंघलले मुलुककै सहकारीको शीर्ष फिगर बखानसिंहको नाममा बन्दै संग्रहालय निर्माणको काम सम्पन्न गर्न कोष बनाउनुपर्ने पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो । 

गुरुङको गुनासो छ– अरुले सधै साथ दिएर सम्भव हुँदैन । सधै अरुले बोकेर हुँदैन, बखान सहकारी पनि सशक्त बन्नुपर्छ, आफ्नो उपस्थिति जनाउन सक्नुपर्छ । कारोबार र कामको आयातन फराकिलो बन्नुपर्छ । साझा बुझाइ, सामूहिक प्रतिबद्धता र नेतृत्वदायी अग्रसरता आवश्यक छ । नेपाली रोचडेल पायोनियर्स म्युजियम बन्नुपर्छ ।

आज बखानसिंह गुरुङको जन्मजयन्तीको अवसरमा उहाँलाई श्रद्धापूर्वक सम्झनुहुन्छ गुरुङ, ‘बखानसिंह इतिहास हो, इतिहासको कदर वर्तमानले गर्यो भने वर्तमानको कदर भविष्यले गर्नेछ । संग्रहालय निर्माणको काम पनि उहाको योगदानको कदरसँग जोडिएको छ ।’

मुलकका २९ हजार ८ सय बढी सहकारीले मान्ने अभिभावक हुनुहुन्छ बखान सिंह । बखान सिंहको नाता समेत पर्ने राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समिति सदस्य तारा गुरुङका अनुसार छोरोछोरीले जन्मदिने बाबुआमालाई दिने सम्मान बखानसिंहलाई दिनुपर्छ । ‘उहाँ देशभरका सहकारीको अभिभावक हो, ’गुरुङले भन्नुभयो, ‘ एउटा सन्तानका लागि अभिभावको जुन अर्थ हुन्छ, हामी सबै सहकारीहरुको लागि बखान सिंहको अर्थ त्यस्तै हुन्छ ।’ सबै सहकारीकर्मीहरुको चासो र चिन्तन एउटै छ, ‘नेपाली रोचडेल अगुवाहरुको इतिहास बुझ्ने नेपालको रोचडेल म्युजियम कहिले बन्छ ?’
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप