‘म हजुरबुबाको काखमा हुर्किएँ, हजुरबुबा मेरो काखमा बित्नुभयो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘म हजुरबुबाको काखमा हुर्किएँ, हजुरबुबा मेरो काखमा बित्नुभयो’

 चन्द्रध्वज गुरुङ
  स्वर्गीय बखानसिंह गुरुङका नाति 

हजुरबुबा मृत्युसँग पौँठेजोरी खेल्दै गर्दा म पाटन अस्पतालमै थिएँ । सँगै मेरो माहिलो र कान्छो भाई पनि थिए । हजुरबुबा मन्त्री भएका कारण म पनि मन्त्री क्वार्टरमा सँगै बस्थें । २०४० साल माघ २५ गते बिहान ४ देखि ५ बजेको बीचमा हजुरबुबाको निधन भएको थियो । चिकित्सकले छातीमा प्रेसरको ‘सपोर्ट’ दिएको मलाई अझै सम्झना छ । मेरो काखमै हजुरबुबा बित्नुभयो ।

अन्त्येष्टि मैले नै गरेको हुँ । बहालवाला मन्त्री भएका कारण अस्पतालबाट पशुपति आर्यघाट लाँदासमेत १ सय ७५ जना सम्मिलित सेनाको एक कम्पनी सँगै थियो । उहाँले राजकीय सम्मान पाउनुभयो । सेनाको कम्पनीले उहाँलाई सलामी चढाएको थियो । अन्त्येष्टि सकेपछि काठमाडौं नबसी हामी शारदानगर नै फर्कियौं । यही आएर काजकिरिया गर्यौ ।

हजुरबुबाका दुई छोरामध्ये म लालध्वजको जेठो छोरो हुँ । काका धर्मध्वज पट्टी कुनै सन्तान थिएनन् । हामी ५ भाई ३ दिदीबहिनी हौं । म हजुरबुबाको काखमै हुर्किएको हुँ । अहिले म ६९ वर्षको भएँ । हजुरबुबा बित्दा म करिब ३६ वर्षको थिएँ । २०१६ सालमा हजुरबुबा एमपी (सांसद) हुँदा म हाइस्कूल पढ्थें । हजुरबुबासँगै काठमाडौं बसेर पढें । उहाँ सधै पढ्न प्रेरित गर्नुहुन्थ्यो । आफु अनपढ भएका कारण पनि उहाँले सधै हामीलाई पढ्न प्रेरित गर्नुभयो । मैले शान्तिविद्यागृह लैनचौरबाट प्राथमिक शिक्षा र फर्पिङस्थित त्रिभुवन आदर्श विद्यालयबाट एसएलसी पूरा गरें । हजुरबुबाले मलाई ‘चन्द्रध्वज’ भनेर बोलाउनुहुन्थ्यो । हामी हजुरबुबालाई 'बाजे' भनेर सम्बोधन गरथ्यौं । कहिल्यै कसैलाई गाली नगर्ने, नहप्काउने स्वभावको हुनुहुन्थ्यो । हामीलाई कहिल्यै ठूलो स्वरले बोलेको वा गाली गरेको सम्झना छैन ।

हजुरबुबा राणा कालमै क्याप्टेन हुनुभयो । हजुरबुबा क्याप्टेनको रुपमा गोरखामा हुँदा म जन्मिएको हुँ । २००८ सालमा उहाँले नोकरी छोड्नुभयो । २००९ सालमै उहाँ चितवन झर्नुभएको थियो । गण्डक क्षेत्रमा बाढी पहिरो विस्थापितहरुलाई चितवनमा बस्ती बसाउन उहाँको ठूलो भूमिका छ । राप्तीदून बस्ती विकास परियोजना अन्तर्गत जनप्रतिनिधिको रुपमा हजुरबुबा र व्यवस्थापनको जिम्मेवारी परियोजनाले लिएर बस्ती बसाल्ने काम भएको थियो ।

राप्ती दून परियोजना अन्तर्गत ८० प्रतिशत भन्दा बढी काम अमेरिकीहरुबाट भएको थियो । अधिकांश प्राविधिकहरु अमेरिकी थिए र बाटो बस्ती बनाउन प्रयोग भएका ‘इक्विपमेन्ट’ पनि सबै अमेरिकाबाटै ल्याइएको थियो । राप्तीदून विकास परियोजना अन्तर्गत काम गर्दा हजुरबुबा विरुद्ध जंगल फडानी लगायत करिब ३० वटा मुद्दा थिए । पछि सबै फिर्ता भए ।

सहकारी अभियानले बुबालाई सम्झन्छ । तर बुबालाई विकासप्रेमी बनाउने हजुर आमा बारे धेरै प्रकाशमा आएको छैन । वास्तवमा हजुरबुबालाई ‘काम नगरी अल्छी भएर घरमा बस्नुहुन्न’ भनेर सेनामा भर्ती हुन लगाउने हजुरआमा बिष्णुमाया गुरुङ हुनुहुन्थ्यो । हजुरबुबाको प्रेरणापात्र । संघषशील महिला हुनुहुन्थ्यो । हजुरआमा बाजे भन्दा ६ वर्ष जेठी हुनुहुन्थ्यो । हजुरआमा ठीक १ सय वर्षमा बित्नुभयो हजुरबुबा ८५ वर्षमा ।

शिक्षा, स्वास्थ्य, सहकारी हुँदै विकासको क्षेत्रमा हजुरबुबाले प्रशस्त काम गर्नुभयो । २०१२ सालमा हजुरबुबाकै पहलमा सरस्वती पूजाको दिन यहाँ शारदा प्राथमिक विद्यालय स्थापना भएको थियो । उक्त विद्यालयको पहिलो विद्यार्थी नै म थिएँ । हाल उक्त बिद्यालय मावि तहसम्म सञ्चालनमा छ । त्यस्तै, चितवन हाइस्कूल स्थापनामा पनि उहाँको महत्वपूर्ण अग्रसरता थियो । तत्कालिन बखानपुर गाउँका बासिन्दाहरुलाई भेला गरी हजुरबुबाले सहकारी स्थापना गर्नुभयो । उहाँले कोष जम्मा नभएसम्म व्यवहार चलाउन कठिन हुन्छ भनेर बखान ऋण सहकारी स्थापना गर्नुभएको थियो ।

आफुमात्र होइन अरुलाई पनि राम्रो काम गर्न प्रेरित गर्नुहुन्थ्यो । नचाहिदो काममा नलाग्न, आफु बन्न, घर परिवार समुदाय बनाउन र राष्ट्रलाई योगदान गर्न हामीलाई सधै प्रेरणा दिनुहुन्थ्यो । हामीले पनि हजुरबुबाको अनुसरण गर्दै ‘सकेको गर्यौ’ भन्ने लाग्छ । हजुरबुबाकै प्रेरणाले मैले देहरादूनबाट स्नातक गरें । राजनीतिशास्त्र, अर्थशास्त्र र अंग्रेजी विषय लिएर बीए पूरा गरें । हजुरबुबाको इच्छा केही हदसम्म भएपनि पूरा गरें भन्ने लाग्छ ।

अहिले म राजनीतिमा सक्रिय छु । बखान बहुउद्देश्यीय सहकारीको संरक्षक छु । विगत लामो समय सल्लाहकार थिएँ । सञ्चालक समितिमा भने बसिन । हजुरबुबाकै कामलाई माया गर्दै जाँदा देशभरका धेरै सहकारीहरुले हामीलाई पनि सम्झनुहुन्छ । केही समयअघि धनगढीमा पनि सहकारीको सम्मान कार्यक्रममा भाग लिएर आयौं । खुसी लाग्छ ।

मामुली गाउँको साधारण व्यक्तिले सहकारीमार्फत समुदायको विकास गर्न सकिन्छ भन्ने चेतले संस्था स्थापना गर्नु निक्कै ठूलो साहस हो भन्ने लाग्छ । अनपढ व्यक्तिसँग भिजन रहेछ । आज सहकारीको विकास र संवैधानिक स्वीकार्यताले त्यो कुरा पुष्टि गरेको छ । हजुरबुबाले बाटो देखाउने काम गर्नुभयो । धेरैले पछ्याएर सहकारीमार्फत राम्रो काम गरेका छन् । परिवारका हामीहरु पनि खुसी छौं । बखान सहकारी बलियो भएको र बखान संग्रहालय निर्माणको काम पूरा भई सहकारी र पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हेर्ने चाहना छ ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप