चन्द्रागिरि साकोसको २१औं स्थापना दिवस, अध्यक्षद्वारा शुभकामना सन्देश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको २१औं स्थापना दिवस, अध्यक्षद्वारा शुभकामना सन्देश

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंले २१औं स्थापना दिवस मनाएको छ । 

“चन्द्रागिरिको चाहना, समुन्नत समाजको सृजना” भन्ने मुल नाराका साथ २ दशक अघि आजकै दिन सुरु भएको सहकारीको यात्रालाई स्मरण गर्दै संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सदस्यहरुमाझ शुभकामना सन्देश जारी गर्नुभएको छ । 

सन्देशमा अध्यक्ष कुँवरले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को २१औं स्थापना दिवसको अवसरमा साकोस सम्बद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य र सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि समुदायमा आधारित रहेर सञ्चालित यस संस्थाले विभिन्न आरोह र अवरोहहरुबीच आज जुन पहिचान बनाएको छ, त्यसको आधार सदस्यहरुले संस्था प्रति देखाएको विश्वास र सक्रियता भएको उहाँले स्पष्ट पार्नुभएको छ । 

संस्था सहकारीका मूल्य र सिद्धान्तहरुमा रहेर बचत तथा ऋण सेवाको अतिरिक्त सदस्य र सदस्यको परिवारको सुरक्षाको लागि सञ्चालन गरेको सदस्य सुरक्षा कार्यक्रम, डिजिटल सहकारी सेवा, विभिन्न अन्य सेवाहरु लगायत समुदायको शिक्षा, स्वास्थ्य तथा उद्यमशिलतालाई लक्षित गरी सञ्चालित सामाजिक उत्तरदायित्व बमोजिमका विभिन्न रचनात्मक कार्यकै कारण कार्यक्षेत्र भित्र सबैको पहिलो रोजाईको संस्था बन्न सफल भएको अभिव्यक्ती उहाँले दिनुभएको छ । 

सीमित व्यक्ति र स्रोतसाधनबाट स्थापना भएको यस संस्था आज १५ हजार जनाभन्दा बढी सदस्य, झण्डै ३ अर्बको कुल सम्पत्ति र समुदायको आवश्यकतामा आधारित वस्तु तथा सेवाको साथ सशक्त ढंगबाट उभिन सफल भएको अभिव्यक्ति सहित संस्थाको विकासमा सहयोग पुर्याउनुहुने सदस्यहरु, अग्रजहरु, सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु एवं प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारी व्यवस्थापन, अभियानका छाता संघहरु, नियामक निकाय लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति विशेष आभार साथै शुभकामना व्यक्त गर्नुभएको छ । 

साकोसले २१ औं स्थापना दिवसको अवसरमा वैशाख ३ गते रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)को आव्हानमा कान्तिपुर अस्पताल रक्तसंचार  सेवाको प्राविधिक सहयोगमा आयोजित उक्त रक्तदान कार्यक्रममा ९३ जना दाताहरुले अमूल्य रगत दान गर्नु भएको साकोसले जनाएको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप