सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सम्पन्न

स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिकामा सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत मंगलबार र बुधबार पुतलीबजार नगरपालिका भित्रका सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गरिएको हो । दोस्रो चरणमा आज आयोजित कार्यक्रममा नगरपालिका भित्र सञ्चालित हिजोको कार्यक्रममा सहभागी नभएका विभिन्न प्रकृतिका सहकारीहरुको प्रतिनिधित्व रहेको थियो । 

स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ति हुनुहुन्थ्यो । 

स्थानीय तहसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास लगायतका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा रहेको आधाशिला कार्यक्रम विभिन्न स्थानीय तहसँगको सम्झौता कार्यान्वयन मार्फत अगाडि बढीरहेको छ । 

कार्यक्रममा स्थानीय शिक्षा अधिकारी बाबुराम बराल, नगरपालिकाका बरिष्ट अधिकृत ताराचन्द्र ढकाल, धनप्रसाद कोइराला, लेखा अधिकृत भेषराज ढकाल, जिल्ला बचत संघका सचिव अच्यूत प्रसाद पोख्रेल, जिल्ला बचत संघका सल्लाहकार भूमिजंग केसी, सहकारी शाखा प्रमुख विष्णु प्रसाद ढकाल, बचत संघका व्यवस्थापक हुमनारायण नेपाल, नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदी लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुसहित ५३ जनाको उपस्थिति रहेको थियो ।  

पुतलीबजार नगरपालिकामा ७५ सहकारी सञ्चालनमा छन् । जसमध्ये मंगलबार करिब ३५ सहकारीका प्रतिनिधिहरुसँग समिक्षात्मक गोष्ठी सञ्चालन भएको थियो भने बुधबार सोही स्थानमा बाँकी सहकारीहरुका प्रतिनिधिहरुसँग समिक्षा गोष्ठी गरिएको थियो ।  कार्यक्रम सञ्चालन नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप