सहकारी अवलोकनको गन्तब्य बन्दै हाम्रो चित्रवन साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अवलोकनको गन्तब्य बन्दै हाम्रो चित्रवन साकोस

केशब लोहनी
भरतपुर ।  गण्डकी प्रदेश कास्की जिल्ला पोखरा स्थित आस्था बचत तथा ऋण सहकारी संस्थाले भरतपुर ११ स्थित हाम्रो चित्रवन साकोसलाई सहकारी अवलोकनको गन्तव्य रुपमा लिदै सहकारी अवलोकन भ्रमण सम्पन्न गरेको छ । 

नेफस्कून पोखरा फिल्ड ईन्चार्ज यमकला सुवेदीको उपस्थिति सहित संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति लगायतका बिभिन्न उपसमिति सहित २९ जनाको भ्रमण टोलिले यस हाम्रो चित्रवन साकोसको अवलोकन भ्रमण गरेको हो । अवलोकनका क्रममा हाम्रो चित्रवन साकोसका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले हाम्रो चित्रवन साकोसको स्थापनाकाल देखी हाल सम्मका गतिबिधिहरुलाई सक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो ।

 अवलोकर्ता सहकारीको तर्फबाट आफ्ना भनाई राख्नुहुदै आस्था साकोसका अध्यक्ष कृष्ण प्रसाद आचार्यले हाम्रो चित्रवन साकोस सहकारी अवलोकन भ्रमण तथा सिकाई आदान प्रदानको लागि महत्वपुर्ण गन्तब्य रहेको र यस अवलोकन भ्रमण निकै फलदायी रहेको बताउनु भयो । 

पछिल्लो समय चितवनमा सहकारी अध्ययन तथा अवलोकनमा आउने साकोसहरुले हाम्रो चित्रवन साकोसलाई एक अवलोकन गन्तव्यको रुपमा  लिने गरेको संस्थाका बरिष्ठ व्यवस्थापक तुलसीराम धिताल बताउनु भयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप