‘ब्राण्ड प्राप्त गर्न प्रतिबद्ध भएर काम गर्छौं’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘ब्राण्ड प्राप्त गर्न प्रतिबद्ध भएर काम गर्छौं’ 

नवलपरासी । नवलपरासीको गैडाकोट १६, अमरापुरीमा अवस्थित अमर बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चितासम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

साकोसमा आज आयोजित कार्यक्रममा साकोसका अध्यक्ष प्रजापति कडेल र नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएका छौं, अध्यक्ष कंडेलले भन्नुभयो, “नेफ्स्कूनले प्रदान गर्ने मार्गदर्शनको पालना गदैै छिट्टै ब्राण्ड प्राप्त गर्ने तयारीका साथ निरन्तर कार्यगर्न प्रतिबद्ध रहनेछौं ।”

कार्यक्रममा साकोसका सचिव श्याम सुन्दर शर्मा लामिछाने, व्यवस्थापक देवेन्द्र बहादुर खड्का र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत सुरज चालिसे उपस्थित हुनुहुन्थ्यो । 

२०५६ साल पुस १८ गते स्थापना भएको अमर साकोसमा ६ हजार ४ सय ५२ जना सदस्य छन् भने साकोसको कुँल पुँजी ४३ करोड रुपैयाँ रहेको छ । समुदायमा सञ्चालित साकोसले सदस्य सेवालाई केन्द्रविन्दुमा राखेर वित्तीय सेवा प्रवाह गर्दै आइरहेको साकोसका अध्यक्ष प्रजापति कडेलले जानकारी गराउनुभयो । साकोस सुदृढीकरणका लागि स्तरीकरण र स्थिरीकरण कोष सञ्चालनको अनिवार्यता सँगै पछिल्लो समय साकोसहरुको स्तरीकरण कार्यक्रम आबद्धता बढ्दो क्रममा छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप