साकोस शिखर गोष्ठी २०७९ आयोजना हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस शिखर गोष्ठी २०७९ आयोजना हुने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले यही ज्येष्ठ २९ र ३० गते साकोस शिखर गोष्ठी–२०७९ आयोजना गर्ने भएको छ । “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि (Shared technology for sustainable and integrated network)” भन्ने मुल भाव र संकल्प सहित चौथो साकोस शिखर गोष्ठीको आयोजना गर्न लागिएको संघले जनाएको छ । 

दुई दिवसीय गोष्ठीको उद्देश्य वित्तीय सहकारीका सिद्धान्त, संस्कृति र प्रणालीबारे साझा बुझाई सहितको प्रतिवद्धता विकास गर्ने रहेको छ भने वित्तीय सहकारीमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधि अनुकरण र हस्तान्तरण गरि समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गर्ने रहेको छ । 

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय असल अभ्यासहरुको साझा बुझाई एवम् आन्तरिकीकरणको साझा मञ्चको रुपमा वि.सं. २०६८ (सन् २०१२) मा प्रथम साकोस शिखर गोष्ठी आयोजना गरी सोको सिकाई एवम् उपलब्धीको आधारमा प्रत्येक तीन वर्षमा शिखर गोष्ठी आयोजना गरिरहेको छ भने वि.सं. २०७६ (सन् २०१६) देखि प्रत्येक तीन वर्षमा व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी र वि.सं.२०७७ (सन २०१७) देखि प्रत्येक तीन वर्षमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी आयोजना गर्ने निर्णयानुरुप संघ अगाडि बढिरहेको छ । 

सन् २०१९ को अन्त्यदेखि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारण स्थगित रहेका ठूलो जनसहभागिता सहितका राष्ट्रिय गोष्ठी आयोजनालाई कोभिडको प्रभाव न्यूनिकरण र खोप सेवा विस्तारसँगै यस वर्ष संघ साकोस शिखर गोष्ठीको आयोजना र सो निरन्तरताको प्रयासमा लागेको हो ।  

गोष्ठीमा वित्तीय सहकारी क्षेत्रका मुख्य सरोकारवाला पक्षहरु, अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवालाहरु एवम् विकास साझेदारहरु सहित करिब ६०० जनाको सहभागिता रहनेछ । दुई दिवसीय गोष्ठी काठमाडौंको होटल सोल्टीमा बिहान ८ः३० देखि बेलुकी ५ः०० बजे सम्म सञ्चालन गरिनेछ । सदस्य संघ संस्थाहरुका लागि सहभागी दर्ता फाराम यही वैशाख २५ गतेदेखि ज्येष्ठ १५ गतेसम्म खुला गरिने पनि संघले जनाएको छ । 

नेफ्स्कून नेपालका बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ र प्रदेश बचत तथा ऋण सहकारी संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने एक मात्र केन्द्रीय संघ हो । संघमा हाल नेपालका ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने ६३ जिल्ला बचत संघ सहित करिब ४३०० बचत तथा ऋण सहकारी संस्थाहरु मार्फत ३५ लाख व्यक्तिगत सदस्यहरु रहेको यस केन्द्रीय संघ विगत २०५३ (सन् १९९६) सालदेखि राष्ट्रिय सहकारी महासंघ, २०५५ (सन् १९९८) सालदेखि एशियाली ऋण महासंघ (ACCU), २०७५ (सन् २०१८) सालदेखि विश्व ऋण परिषद् (WOCCU) को सदस्य हुँदै सहकारी अभियानको विश्व सञ्जालमा क्रियाशिल रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप