काठमाडौं । सहकारीहरु समस्याग्रस्त हुनुपूर्व गर्नुपर्ने अनुगमनलाई प्रभावकारी बनाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले स्थानीय तहका सहकारी हेर्ने कर्मचारीहरुका लागि तालिम प्रदान गरेको छ । समितिले उपत्यका भित्र रहेका स्थानीय तहका सहकारी शाखा प्रमुखहरुलाई ऋण भुक्तानी तथा बचत फिर्ता सम्बन्धी दुई दिवसीय तालिम वैशाख २३ र २४ गते प्रदान गरेको हो ।
तालिममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालको अध्यक्षता, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र रजिष्ट्रार रुद्रप्रसाद पण्डितको आतिथ्यता रहेको थियो ।
भक्तपुरको सल्लाघारीमा सम्पन्न उक्त तालिममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यहरु, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधिहरु, सहकारी विभागका कर्मचारीहरु, भूमि व्यवस्था विभागका कर्मचारीहरु, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका स्थानीय तहमा सहकारी हेर्ने प्रमुख कर्मचारीहरु सहित नेफ्स्कून, कास्कून र प्रोस्कूनका कर्मचारी र समितिका कर्मचारीहरुको सहभागिता रहेको थियोे ।
तालिमको पहिलो दिन समितिका अध्यक्ष काशीराज दाहालबाट “सहकारीको सिद्धान्त र व्यवस्थापन समितिको कामकारबाही” सहकारी मन्त्रालयका सहकारी हेर्ने सहसचिवबाट “सहकारी संस्थाहरुको नियमनमा मन्त्रालयको भूमिका” र रजिष्ट्रार पण्डितद्वारा “सहकारी समस्याग्रस्त हुनुपूर्वको अवस्था तथा समस्याग्रस्त हुने स्थिति” विषयक कार्यपत्र प्रस्तुतीकरण भएका थिए । त्यसैगरी तालिमको दोस्रो दिन समितिका सदस्य केशवराज आचार्यबाट “समस्याग्रस्त सहकारी संस्थाहरुको लेना असुलीमा प्रशासकीय कारबाही”, सदस्य डी.बी. बस्नेतबाट “व्यवस्थापनमा सहकारी संघ तथा संस्थाको भूमिका” र सदस्य शेरजंग रानामगरबाट “लेना असुली तथा दायित्व भुक्तानी” सम्बन्धी कार्यपत्र प्रस्तुत भएका थिए ।
सहकारी संस्था समस्याग्रस्त हुनुपूर्व गरिनुपर्ने अनुगमन, सहकारी कानुन कार्यान्वयन, संघ, प्रदेश र स्थानीय तहबीच बाझिएका कानुन संशोधन, समस्याग्रस्त भइसकेपछिको भुक्तानी प्रक्रिया लगायतका विषयमा तालिमका सहजकर्ताहरुले विशेष जोड दिनुभएको थियो ।
अत्याधिक सहकारी दर्ता, अनुगमन शून्य, अस्पष्ट सहकारी ऐन नियम, अनुगमनमा क्षेत्रगत विषय नछुट्टिने, पालिका स्तरमा दक्ष जनशक्ति अभाव, स्थानीय तह र अभियान बीच सहकार्यको अभाव लगायत छलफलमा उठेका विविध विषयमा प्रस्तोताहरुबाट सम्बोधन भएको थियो ।
तालिम पश्चात सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार सुशासन प्रवर्धन गर्ने कार्यमा पालिकाहरु र सम्बन्धित निकायबाट सामूहित प्रतिबद्धता समेत जारी गरिएको थियो ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१५ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि