सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम

काठमाडौं । सहकारीहरु समस्याग्रस्त हुनुपूर्व गर्नुपर्ने अनुगमनलाई प्रभावकारी बनाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले स्थानीय तहका सहकारी हेर्ने कर्मचारीहरुका लागि तालिम प्रदान गरेको छ । समितिले उपत्यका भित्र रहेका स्थानीय तहका सहकारी शाखा प्रमुखहरुलाई ऋण भुक्तानी तथा बचत फिर्ता सम्बन्धी दुई दिवसीय तालिम वैशाख २३ र २४ गते प्रदान गरेको हो । 

तालिममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालको अध्यक्षता, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र रजिष्ट्रार रुद्रप्रसाद पण्डितको आतिथ्यता रहेको थियो । 

भक्तपुरको सल्लाघारीमा सम्पन्न उक्त तालिममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यहरु, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधिहरु, सहकारी विभागका कर्मचारीहरु, भूमि व्यवस्था विभागका कर्मचारीहरु, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका स्थानीय तहमा सहकारी हेर्ने प्रमुख कर्मचारीहरु सहित नेफ्स्कून, कास्कून र प्रोस्कूनका कर्मचारी र समितिका कर्मचारीहरुको सहभागिता रहेको थियोे । 

तालिमको पहिलो दिन समितिका अध्यक्ष काशीराज दाहालबाट “सहकारीको सिद्धान्त र व्यवस्थापन समितिको कामकारबाही” सहकारी मन्त्रालयका सहकारी हेर्ने सहसचिवबाट “सहकारी संस्थाहरुको नियमनमा मन्त्रालयको भूमिका” र रजिष्ट्रार पण्डितद्वारा “सहकारी समस्याग्रस्त हुनुपूर्वको अवस्था तथा समस्याग्रस्त हुने स्थिति”  विषयक कार्यपत्र प्रस्तुतीकरण भएका थिए । त्यसैगरी तालिमको दोस्रो दिन समितिका सदस्य केशवराज आचार्यबाट “समस्याग्रस्त सहकारी संस्थाहरुको लेना असुलीमा प्रशासकीय कारबाही”, सदस्य डी.बी. बस्नेतबाट “व्यवस्थापनमा सहकारी संघ तथा संस्थाको भूमिका” र सदस्य शेरजंग रानामगरबाट “लेना असुली तथा दायित्व भुक्तानी” सम्बन्धी कार्यपत्र प्रस्तुत भएका थिए ।  

सहकारी संस्था समस्याग्रस्त हुनुपूर्व गरिनुपर्ने अनुगमन, सहकारी कानुन कार्यान्वयन, संघ, प्रदेश र स्थानीय तहबीच बाझिएका कानुन संशोधन, समस्याग्रस्त भइसकेपछिको भुक्तानी प्रक्रिया लगायतका विषयमा तालिमका सहजकर्ताहरुले विशेष जोड दिनुभएको थियो । 

अत्याधिक सहकारी दर्ता, अनुगमन शून्य, अस्पष्ट सहकारी ऐन नियम,  अनुगमनमा क्षेत्रगत विषय नछुट्टिने, पालिका स्तरमा दक्ष जनशक्ति अभाव, स्थानीय तह र अभियान बीच सहकार्यको अभाव लगायत छलफलमा उठेका विविध विषयमा प्रस्तोताहरुबाट सम्बोधन भएको थियो ।  

तालिम पश्चात सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार सुशासन प्रवर्धन गर्ने कार्यमा पालिकाहरु र सम्बन्धित निकायबाट सामूहित प्रतिबद्धता समेत जारी गरिएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप