मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु 

दोलखा । जिल्लाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुमाझ डिजिटल वित्तीय सेवा अभिमुखीकरण कार्यक्रम गरी क्यूआर कोड सेवा वितरण गरेको छ । साकोस मार्फत डिजिटल वित्तीय सेवा उपभोग गर्न चाहने सदस्यहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सहित क्युआर कोड स्टयाण्ड बितरण गरिएको साकोसले जनाएको छ । 

सदस्यहरुमाझ ए.टी.एम. सेवा तथा रेमिटान्स्, मिसकल बैंकीङ्ग, क्युआर स्क्यान एण्ड पे सहित मोवाईल बैंकीङ्ग सेवा विस्तार गर्दै आइरहेको साकोसले शनिबारदेखि सदस्यहरुमाझ क्यूआर कोड सेवा सुरु गरेको हो । प्रविधि र मुस्कान सहितको सदस्य सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको मिलिजुली कालिञ्चोकले भावि दिनमा पेपरलेस र क्यासलेस सेवा दिने उद्देश्य सहित सो को पुर्वाधार तयारीमा जुटेको जनाएको छ । 

साकोसका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतित्थ्यतामा सञ्चालित कार्यक्रममा सचिव ठाकुर प्रसाद पाठकले स्वागत मन्तब्य, प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले स्लाईड प्रस्तुति सहित सहजीकरण र स. ब्यवस्थापक रमेश सापकोटाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

साकोसले ईन्फोडेभलपर्स प्रा.लि., हिमालयन बैंक लि. र स्मार्ट च्वाईस टेक्नोलोजि प्रा.लि. सँग समन्वय गरी ए.टी.एम. सेवा तथा रेमिटान्स्, मिसकल बैंकीङ्ग, क्युआर स्क्यान एण्ड पे सहित मोवाईल बैंकीङ्ग सेवा सदस्यहरुमा विस्तार गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप