पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन

काठमाडौं । पोखरामा सञ्चालित दुई सहकारीले आफ्नो स्थापना दिवसका अवसरमा संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
 
सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि. को १६औं स्थापना दिवस र बाघमारा बहुउद्देश्यीय सहकारी को १०औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजना गरिएको संयुक्त रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको हो । 

जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोइरालाले सुरक्षा पालुवा साकोसका अध्यक्ष टुल्कनाथ आचार्यलाई ब्लड ब्याग प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

संघकी अध्यक्ष कोइरालाले सामाजिक क्षेत्रमा सुरक्षा पालुवा र बाघमारा सहकारीले अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको र आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको थियो । संयुक्त सामाजिक क्रियाकलापले दुई सहकारीबीच पारस्परिक सहयोग र कार्यगत एकता कायम गर्न सकिने विचार राख्नुभएको थियो । 

बाघमारा सहकारीका संस्थापक अध्यक्ष डिल्लीराम बरालले स्वागत मन्तब्य र सुरक्षा पालुव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको क्षेत्रिय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रमको सञ्चालन सुरक्षा पालुवा सहकारीका सञ्चालक निर्मल आचार्यले गर्नुभएको थियो । 

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने रक्तदाता, प्राविधिक तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित बाघमारा सहकारीका अध्यक्ष तुलसीमणी अधिकारीले कार्यक्रम समापन गर्नुभएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप