पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन

काठमाडौं । पोखरामा सञ्चालित दुई सहकारीले आफ्नो स्थापना दिवसका अवसरमा संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
 
सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि. को १६औं स्थापना दिवस र बाघमारा बहुउद्देश्यीय सहकारी को १०औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजना गरिएको संयुक्त रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको हो । 

जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोइरालाले सुरक्षा पालुवा साकोसका अध्यक्ष टुल्कनाथ आचार्यलाई ब्लड ब्याग प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

संघकी अध्यक्ष कोइरालाले सामाजिक क्षेत्रमा सुरक्षा पालुवा र बाघमारा सहकारीले अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको र आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको थियो । संयुक्त सामाजिक क्रियाकलापले दुई सहकारीबीच पारस्परिक सहयोग र कार्यगत एकता कायम गर्न सकिने विचार राख्नुभएको थियो । 

बाघमारा सहकारीका संस्थापक अध्यक्ष डिल्लीराम बरालले स्वागत मन्तब्य र सुरक्षा पालुव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको क्षेत्रिय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रमको सञ्चालन सुरक्षा पालुवा सहकारीका सञ्चालक निर्मल आचार्यले गर्नुभएको थियो । 

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने रक्तदाता, प्राविधिक तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित बाघमारा सहकारीका अध्यक्ष तुलसीमणी अधिकारीले कार्यक्रम समापन गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप