सिद्धान्त र मापदण्डको पालना नगर्ने सहकारीमा समस्या छः मन्त्री श्रेष्ठ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धान्त र मापदण्डको पालना नगर्ने सहकारीमा समस्या छः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका निश्चित, मूल्य मान्यता र मापदण्डको पालना नगरी सञ्चालनमा रहेका सहकारीहरुमा समस्या सिर्जना भएको बताउनुभएको छ । विहिबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तयार पारेको सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सहकारीको सिन्द्धान्त र मापदण्डको पालना भित्र रही ऋण मागदावी गर्ने ऋणिहरुलाई मात्रै रकम उपलब्ध गराउन सहकारीहरुले कार्ययोजना बनाएरै काम गर्नुपर्नेमा जोड दिनुभएको हो । 

सहकारी संस्थाका केही सञ्चालकहरुले आफु अनुकुल मनपरी लगानी गरेका कारण सहकारी क्षेत्र खराव अवस्थामा पुगेको र त्यसको दोषी स्वयं सञ्चालन रहेको प्रतिवेदनको निष्कर्श रहेको छ । समितिले निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्त विपरीत कानुनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गरेको, ऋण दिँदा जमानत वा सुरक्षण नराखी वा धितोको अस्वभाविक बढी मुल्य कायम गरी ऋण प्रवाह गर्ने गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने गरेका कारण समस्या उत्पन्न भएको प्रतिवेदनले देखाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरु मध्ये ओरेण्टल को-अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम अगाडि बढाएको र अभियानका शीर्ष व्यक्तिहरुसँग समेत राय परामर्श लिने काम गर्न लागिएको उहाँले बताउनुभयो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप