प्रविधि सेवा विस्तारमा रुपन्देहीको कोलिय देवदह साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रविधि सेवा विस्तारमा रुपन्देहीको कोलिय देवदह साकोस

काठमाडौं । रुपन्देहीको देवदहमा केन्द्रीय कार्यालय रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुमाझ प्रविधि सेवा विस्तार गरेको छ । 

आ. व. २०७८/०७९ को तेस्रो त्रैमासिक प्रगति समिक्षा तथा चौथो मासिक लक्ष्य कार्यक्रमसँगै साकोसले सदस्यहरुमाझ एटिएम् सेवा शुभारम्भ गरेको हो । 

साकोसको मुख्य कार्यालयमा जडित एटिएम मसिनको उद्घाटन राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनले गत शुक्रबार गर्नुभएको थियो । 

देवदह क्षेत्रको ठूलो सहकारीको रुपमा रहेको सहकारीले एटिएम् सेवा सुरु गरेसँगै संस्थाको कार्यसम्पादन थप पारदर्शी, सुविधायुक्त र व्यवस्थित हुने सञ्चालक तुलाचनले बताउनुभयो ।

कार्यक्रममा साकोसका सल्लाहकार ईश्वरी ढुङ्गाना, पूर्व अध्यक्ष तथा सल्लाहकार भिम प्रसाद गुरुङ्ग, संस्थापक अध्यक्ष तथा सल्लाहकार तुलसी न्यौपाने लगायतले सहकारीले सुरु गरेको एटिएम् सेवाले थप प्रभावकारी रुपमा अगाडि बढ्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै संस्थागत विकासका लागि नियमित रुपमा गरिने त्रैमासिक समिक्षाको पाटो महत्वपूर्ण रहेको औँल्याउनुभयो ।

साकोसका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले कोलिय देवदहले मुख्य कार्यालयसहित ८ वटा शाखाबाट सेवा प्रदान गरिरहेको बताउँदै संस्थाका सेयर सदस्यहरुलाई कारोबार गर्न एटिएम् सेवा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णराज पौडेलले गर्नुभएको थियो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप